Posted by: chipledhunga September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

अपरान्हको जदौ सबैलाई। आफू एकैछिन काम गर्या जस्तो के गर्या थिएँ, यहाँ दौडाउन भ्याइसकेछन्।


माइली आमै, सञ्चै?
नेप्ची पार्ट्नर छु ख? गाउने होइन दुई चार राउन्ड?
ओहो निश पाट, लङ टाईम पछि चौतारीमा अपियर गर्यौ नि हौ। कत्तिको ढलिंदैछ सेउती खोला छेउ तिर? अनि हाम्रो सिम्सको के छ नि हालचाल?  
बाउचा, शिकागोतिर लाग्ने होला नि कामबाट सीधै?
के छ बिष्टे? छोरो कस्तो भो नि?
दीपूको पनि जाने तयारी हुँदैछ त्यसो भए? अरु कती दिन भेट्न पाइएला चौतारीमा? अलिअलि सामान त मेरो पनि पठाउनु थियो। त्यस्तो धेरै केही होइन, एउटा सानो पोका हो। तिम्रो झोलाको जता हाले पनि सजिलै अट्छ। जोख्यो भने २ धार्नी पनि छैन.

साँच्ची नै हैरानै पार्छन् हौ भारी बोकाउनेहरुले पनि। नाइं भन्यो भने पनि रिसाउने, अनि महिनौंसम्म सामान लगिदिएन भनेर कुरो काट्ने। कत्ती न उनीहरुले नै टिकस किनिदिएका जस्तो के, असत्तीहरु।

सान्नानी, छोरीकी आमा भैसक्यौ, अझै कति सिंगान चुहाउँछौ?
भिन्सेलाई चाँही दिउँसै जाँड खान नपाएर छट्पट्टी, बिग्रिए अचेलका मान्छे।
लौ रिट्ठे सरको पनि भोलि प्रस्थान त्यसो भए। सरको गामतिर त बाढी आ छन् रे, कोशीका किनारतिर धेरै नडुल्नु जता मन लाग्यो उतै बाटो बदलिन्छ रे। बरु हिलेतिर गयौ भने तुम्बा तान्दा हामीलाई नि सम्झिनु। हुन त के, राधासँग रिक्सामा कहिले बरगाछी कहिले पोखरिया घुम्दै फुर्सद हुन्न होला।          
ठुल्दाइ, दसैंको त के कुरो गर्नु, १६ बर्षै हुन्छ यसपाली टिको थाप्न नपाको नि। 
Read Full Discussion Thread for this article