Posted by: Bhakte September 18, 2008
प्रधानमन्त्रीको हिन्दी भाषा मोह !
Login in to Rate this Post:     0       ?        

Source:www.hamroblog.com

नेपालका प्रधानमन्त्रीले भारतमा भने-मै बहुत भावुक हो रहा हुं

उपराष्ट्रपति परमानन्द झा अनी तराइ केन्द्रित नेताहरु मात्र हैनन हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि बढो हिन्दी भाषा प्रेमी रहेछन । प्राय राष्ट्रप्रमुखहरुले अन्य राष्ट्रको भ्रमण गर्दा आए अन्तराष्ट्रिय भाषा अंग्रेजी नआए आफ्नै राष्ट्रिय भाषाको प्रयोग गर्नु सामान्य हो । तर अर्काको देशको भाषा त्यो पनि कनीकनी बोलेको दुर्लभ दृष्य नयां नेपालका पहिलो प्रधानमन्त्री पुष्पकमल दाहालले देखाए । ‘मै बहुत भावुक हो रहां हु १० वरसी जनयुद्धमे ८ बरस मे भारतमा बैठा था । यहांका जनताप्रति मेरो मनमे बहुत सम्मान हे’ उनी मच्ची मच्ची कनी कनी यस्तै यस्तै भन्दै थिए टेलिभिजनको पर्दामा ।
हिन्दी भाषाको प्रयोगको विषयमा विवाद जारी छ । पक्ष र विपक्ष दुबैतिर उत्तिकै तर्कदिनेहरु छन यहां । हेर्ने हिन्दी फिल्म । सुन्ने हिन्दी गीतमनपर्ने नायक नायिका भारतीयको बाहुल्यता रहेको नेपालमा भाषाको विषयमा मतमतान्तर हुनेनै भयो । तर के एक राष्ट्रको कार्यकारी प्रमुखले अर्को देशमा गएर कनी कनी उसैको भाषामा बोल्नुपर्छ र ? कि प्रचण्डलाइ अंग्रेजी आउंदैन र ? उनी चीन पनि गएका थिए नी । त्यहां उनले चाइनिज त पक्कै बोलेनन नै । अंग्रेजी भाषामै बोलेको देखिएको हो । त्यसो भए भारतमा गएर अंग्रेजी नबोली किन हिन्दीमा बोल्नुको तात्पर्य के हो ? के यो हिन्दी मोह हैन ?

Read Full Discussion Thread for this article