Posted by: chipledhunga September 18, 2008
Login in to Rate this Post:
0
?
बिहानीको दोस्रो जदौ सबैलाई।
बाउचा, के हो पद जति आँफै लिने अझ लामो भूमिका पनि खोज्ने?
जिम्मालबा, नभन्दै त्यतै आउन पर्ला जस्तो छ डिक्किमा मासु भरेर। बरु रिट्ठेको जस्तो पींडित भूमिका चाँही नपरोस् है मेरो, आइके बजियाकै पींडा खपिरहेको बेलामा।
दीपू, कहिले हो नि तिम्रो नेपाल जाने मीती? अनि एक्लै फर्किने हो कि दुक्लै हो?
दुई चार धार्नी सामान पठाउनु र मगाउनु थियो आफ्नो, लहरे र दीपू दुबैलाई अलिअलि दु:ख दिन पर्ला। आफू त नेपाल जाने बेलामा अन्तिम घडी नभै नेपालीहरुलाई सुइँको दिंदैनथें। नत्र त भारी बोकाएर हैरान, लान नमाने अनेक थरी कुरा काट्ने, कत्ती न उनिहरुले नै टिकस किनिदिएका जस्तो।