Posted by: Nepe September 17, 2008
Login in to Rate this Post:
0
?
पण्डितज्यूले गीतको शब्दमा केही त्रुटीहरु गर्नुभएको रहेछ । त्यसलाई सच्याइर यहाँ राख्दैछु ।
यो मेरा समस्त सर्वप्रिय १० गीतहरु (यदि छान्नैपर्यो भने का कुरा नि) मध्येको एक हो, त्यही भएर त्रुटी देख्न नसकेको हुँ ।
मैले पुण्य मन पराएँ या पाप मन पराएँ
जे होस मैले तिमीलाई चुपचाप मनपराएँ
जब फूल र काँढा दुईटा सँगै रमाउन सक्छ
जब दागको रंगमा पनि टिका समाउन सक्छ
नसोध मैले वरदान या श्राप मन पराएँ
जे होस मैले तिमीलाई चुपचाप मन पराएँ
तिमीसंग लिनु पनि छ तिमीलाई दिनु पनि छ
हाम्रो हिसाब-किताबमा सच्याउनु पनि छ
यो हिसाब भुलेर तिमीलाई बेहिसाब मन पराएँ
जे होस मैले तिमीलाई चुपचाप मन पराएँ