Posted by: serial September 16, 2008
निर्मोही लहरी by लहरे
Login in to Rate this Post:     0       ?        

अन्तिम भाग

अब भन्न त भन्ने तर के भन्ने, कसरी भन्ने भनेर कुरा खेल्न थाल्यो मनमा। म आँखा चिम्लेर पल्टिराथे, महारानीको सवारि भयो कोठाबाट बाहिर, कती सुतिराsssss उठन के उठन प्लिज के कराउनथाली। एकछिन त वास्ता नगरि बस्याथे तर सकेन, ऊ कराइरही कस्तो भनेको नमान्ने मान्छे, बिहा नगर्दा त एस्तो छ बिहे गरेपछी के के हुने होला रे। हाँस्न मन लागेर कस्तो, मैले भन्नु पर्ने डायलग म माथि नै खनियो। उठेर एसो उस्लाई हेरेको त मेकअप सेकअप गरेर चिटिक्क परेर बसिरा रै, कहाँ जान लागेको मैले सोधिहाले। कही पनि होइन, भरे भन्ने भनेको होइन त्यही भएर रे। गजब छ, फोनमा कुरा गर्न, तिमीलाई मेकअप किन गर्नु पर्‍यो कि खुस्कियो। तिमीले एस्तो कुरा बुझ्दैनौ क्या भनेर फनक्क फर्केर गइ किचेन तर्फ। ह्या दिमाग खराब के बुझ्नु पर्या छ र बालै भएन नि - उठेर कम्प्युटर खोले। किन खोल्नु पर्‍यो कम्प्युटर - शुरु भैहाली, एसो मलाई खान पकाउन हेल्प गरे हुन्थ्यो नि, ल यो मासु काटिदेउ त रे। फोन कार्ड किन्न लाहो कि चाहिदैन फोन कार्ड, नगर्ने फोन नेपाल मा भनेर सोधे। एssss किन किन  १० जाने दुइटा किन रे, मैले पनि उस्कै कार्ड मागे आखिर उसैको काम गर्न ला त हो नि। कस्तो लोभी भएको तिमी, जाबो २० रुपैयाँ को कार्ड किन्न नि म सँग पैसा माग्न पर्छ है, अली बढी भएपो हो भन्ने जाबो २० खर्च गर्न तिम्रो टाउको बाट पसिना निक्लिन्छ है रे। बेकार मा कार्ड मागेको जस्तो लाग्यो, खुरुक्क आफ्नै कार्ड ले किने दुइटा कार्ड।

ऊ खान पकाइराथी, म टि.भी हेर्दै थिएँ, छिन्छिन मै घडी हेर्दै थिएँ, आज नौ मबजे हुन्थ्यो जस्तो लागेको थियो मनमा। उसलाई हेरे गीत गाउदै खाना पकाउदै कस्तो खुशी थियो ऊ अनुहार बाट प्रस्टै देखिन्थ्यो, उसै त राम्रो अनुहार उसमाथि मेकअप लाको - म आँफैले आँफैलाई प्रश्न गरे, किन म उसलाई दुखी देख्न सक्दिन, ऊ हाँस्दा मलाई रमाइलो लाग्छ, किन म उसले भनेको हरेक कुरा मान्छु, के प्रेम भनेको एही हो त। खै के खै के, एस्तै होला जस्तो लाग्यो, उठेर म पनि किचेन तिर लागे एसो तरकारी चलाइदीएँ, उस्को अनुहार मा एकछिन हेरे- के हेरेको, म आज कस्तो राम्रो देखेकी छु है रे। या ऊ लूक गोर्जियस् भनेर हग गरे मुखबाट हनी आइ एम नि सो लभ विथ यू भन्ने कुरानिक्ल्यो। कसरी निक्ल्यो निक्ल्यो थाहा नै भएन, ऊ त मक्ख पर्दै या आइ नो रे।

खाना पाक्यो, खाइवेरी सकेपछी एसो घडी हेरेको त नौ बजिसकेछ, फोन लगाएँ मेरो घरमा, इंगेज थियो, दुई तीन चोटि ट्राइ गरे लागेन। ऊ कराउन थाली कस्तो फोन कार्ड हो यो भनेको बेलामा, उसले उसको घर मा लागायो फोन लाग्यो, उठ्यो, कुरा सुरु भयो, अब त्यही नि सन्चो बिसन्चो। एकछिन पछी उसले कुरा निकाली मेरो बारे। सिरियस कुरा हुन थाल्यो, मेरो बारेमा भन्न थाल्यो, मेरो घर ठेगाना जे जे छ
सबै नि। उताबाट केटाको फोटो पठाइदेउ भन्दा अहिले ऊ सँगै कुरा गर्नुस् फोटो भोली पठाइदिन्छु भनेर फोन मलाई दिइ। फोन लिएँ, हल्लो, म लहरे अन्टी नमस्ते भनेर परिचय दिएँ। ऊ त मलाई अन्टी होइन मम्मी भन कि भन भन्न लागि, अब कहाँ बाट मम्मी भन्नु, अड लाग्छ नि, भनिन अन्टी नै भने। इन्टर्भ्यू शुरु भयो, घर कहाँ, घर मा को को छ, अमेरिका आएको कती भो, पढाई कती को छ, कहाँ काम गर्ने, एसतै यस्तै कुरा। अब मलाई सम्झाउन थाली, धेरै एसरी बस्नु भएन, चाडै बिहे गर्नु पर्छ,  अनी तपाईंलाई नि सहारा हुन्छ रे। मैले पनि हजुर यो सहारा भन्ने को हो चिन्दिन त म, को पर्‍यो यो सहारा भन्ने भनेर भने, अन्टी पनि झुकीइ कि क्याहो एकछिन चुप लागि, अनी एक्छिन पछी
हासो को फोहोरा छुट्यो, ज्वाँइ साब पनि कती मजाकिया रैछ रे। ज्वाँइ रे मलाई, बिहे हुने कहिले कहिले। भलाकुसारी भयो फोन राखियो। नाउ व्हाट डु यू थिन्क रे, कस्तो लाग्यो मेरो मम्मी भन्दै सोध्न थाली, तिमी जस्तै रैछ, धेरै ट्यार ट्यार बोल्नु पर्ने भन्दे, ऊ त धेरै जिस्किने होइन बरु तिम्रो घर मा फोन लागाउ भनी।

फोन लगाएँ लाग्यो बुवाले उठाउनु भयो सधैं जस्तै, अली छोटो कुराकानी पछी मम्मी सँग कुरा हुँदैथियो, ऊ त मलाई भन कि भन भन्दै घोच्न थाली, आफु यहाँ कसरी भन्ने भनेर सोच्दै थिएँ। कुरा गर्दा गर्दै मम्मीले बिहे को कुरा निकाल्नु भयो, केटी छ एकजना, राम्री छे, राम्रो घर कि
छे, फोटो पठाइदिउँ भनेर सोध्नु भो। मैले पठाइदिनुस् न त एकचोटी हेरौ न फोटो भन्दा महारानीको अनुहार हेर्न लायक को थियो। पछी मम्मी ले नै तिम्रो त्यहाँ कोही छ भने भने हुन्छ भन्दा मात्र कुरा फुट्यो। उसको बारेमा भने, ऊ मक्ख पर्दै सुन्दै थियो, फोटो माग्नु भयो,फोटो म पठाइदिउला अहिले उसैसँग कुरा गर्नुस भनेर उसलाई फोन दिएँ।

हल्लो मम्मी बोलिसिया हो, मम्मी नमस्ते म लहरी, कस्तो छ मम्मी तपाईंलाई, सञ्चै हुनुहुन्छ मम्मी तपाईं रे ल। मेरो मम्मी लाई त मम्मी का मम्मी भनेर बोलायो बाइ, मेरो मम्मी लाई मम्मी भनेर बोलाको सुनेर डाहा लाग्यो मलाई, डाहा लागेर के गर्ने केही गर्न सक्ने होइन। केही बेर उस्को पनि इन्टर्भ्यू भयो, ऊ त मम्मी तपाईं चिन्तै नलिनुस्, म सबै हेरिहाल्छु, म खाना पनि मिठै पकाउँछु त्यही भएर अली मोटाको हो ऊ रे, अली खर्च धेरै गर्छ, म कन्ट्रोल गर्दै छु रे लोल। कस्तो झुटो बोलेको यार मेरै अगाडि मेरै मम्मी सँग। मेरो बुवा सँग पनि छोटो कुराकानी भयो, ऊ त हस् ड्याडी हस् भन्दै कुरा गरी। फेरी फोन मेरो हातमा परेपछी मम्मी ले तिमीहरु दुबै लाई ठीक लाग्छ भने ठिकै छ भन्नु भयो अनी फोटो चाँही पठाइदिन फेरी भन्नु भयो। कुरा कानी सकेर फोन राखे, ऊ त दिस इज दि बेस्ट डे अफ माइ लाईफ रे, दिनभरी नौटन्की गरेर, रोएर कराएर अहिले आएर एसो पो भन्छ। अनी तिमीले मैले धेरै खर्च गर्छ भनेर किन झुठो कुरा गरेको भन्दा, हनी यू डोन्\'ट नो के एस्तो कुरा, अली इम्प्रेस पार्नु पर्‍यो नि, त्यही इम्प्रेस पार्न रे लौ, म त ट्वाँsssssssssss।


अब त ऊ आँफै फोन गर्छे घरमा, के कुरा गर्छे गर्छे, मम्मी का मम्मी भन्या छ मेरो मम्मी लाई फकाको छ यो पठाइदिउँ त्यो पठाइदिउँ भनेर। अब जती पठाएपनी घोट्ने त मेरै क्रेडिट कार्ड नै हो। अहिले त यस्तै छ जिन्दगी, बिहे हुने निश्चित छ, दुई बर्ष जती कुरौ भनेको सकिदैन जस्तो छ। लाईफ भनेको एस्तै रहेछ, अब अरु के नै लेख्न बाँकी रह्यो र, अब बिहे भयो भने सबैलाई बोलाउला नि हुन्न। अहिले लाई चाँही एती नै। अस्तु।

समाप्त  


 

Read Full Discussion Thread for this article