Posted by: shirish September 14, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        
नाता मात्र राख्ने भए धार भएर आउ
सम्बन्धै जोड्ने भए तरबार भएर आउ
 
जलेर के गर्नु ? ओझेलमा पर्‍यो प्रकाश,
तेज नाप्ने हो त अन्धकार भएर आउ
 
घटना दुर्घटना घट्न सक्छ बेहोसिमा 
हांकको सामना गर्न तैयार भएर आउ
 
मेरो आफन्तहरुका नियत खराब छन्
हतियार नभए साझेदार भएर आउ
 
चर्चा परिचर्चामा रमाईलो मान्ने मान्छे म
निराधार यद्यपि समाचार भएर आउ
 
भुमरीसित मेरो लसपस ननिको लागे
किनारा कोर्न सक्ने चित्रकार भएर आउ
 
पराया हुन गएकाहरुका दुर्गति हेर
उन्नति गर्नु छ भने परिवार भएर आउ
 
मैले पिएको गंगा अपबित्र लाग्दो हो त
राग होईन आफू नै मल्हार भएर आउ
Read Full Discussion Thread for this article