Posted by: Shaanti September 14, 2008
" नारी " कहिले आकाशमा उड्दै....
Login in to Rate this Post:     0       ?        
    " भिन्नता "
 
 
 
 
 
कोलहलै कोलाहलको बीचमा
एक्लो नितान्त एक्लो म
कति पनि बिचलित भैन
स्वार्थै स्वार्थले भरिएको दुनियामा
कोही पनि आफ्नो हुदैन
बिस्वाशको पर्खाल भत्काउदा  तिमीले
पश्चाताप पनि गरिन
तिमी अगाडी बढ्दै गयौ
अभिमानिको बुई चढेर
म टक्क रोकिए
स्वाभिमान लाई आत्मासाथ गरेर
तिमीले दिएको मानसिक उत्पीडन मा
म छटपटाई रहे
सल्कीएको चुरोट सरी 
म जली रहे
तिमी आउने बाटो भरी
आँखा बिछ्याएर
तिम्रै प्रतीक्षा गरी रहे  
तर : तिमीले त बाटो नै बदली सकेछौ
आफ्नै दुनियामा रमाएर
हासन पो थालीसकेछौ
यदि, मलाई पनि नैतिकताको
हदबंदीले कैद नगरेको भए
म पनि त सक्थे तिमीलाई तड्पाउन
भुसको आगो झै भित्र भित्रै सल्काउन
फेरी पनि म बिबश भए
तिमी संगको अनाम नाताको बन्धनले
तिमीलाई घृणा गर्न पनि सकिन
तिमीले दिएको चोटको हिसाबै गरिन
बरु ;उपचार बिहीन घाऊको
पीडायुक्त बेदनामा छटपटाई रहे
बादल पारीको निलो आकाश चिहाउदै
आँखा भरी आंशु बोकी
छाती भित्र पीडा लुकाई
तिमी र म बीचको भिन्नतालाई
नजिकै बाट नियाली रहे
केवल चुपचाप नियाली रहे
बश नियाली रहे 
   शान्ती
Read Full Discussion Thread for this article