Posted by: serial September 12, 2008
निर्मोही लहरी by लहरे
Login in to Rate this Post:     0       ?        

भाग ३ -
हुन पनि दोष जती सबै उसैको होइन, मेरो पनि बराबर दोष छ। भन्न पाछैन किनिदीइहाल्थे अनी बानी बिग्रदैन त। बिगारने आफु परियो। तर जसले जे भने पनि ख्याल राख्छ मोरीले। मेरो हरेक कुराको ध्यान राख्छ। अहिले मेरो बजन अली बढेको छ, अब उस्को प्रोजेक्ट रे मेरो वेट घटाऊने। उस्को फेवरेट खाना हो चीज केक, जहिले पनि शिकागो जाँदा चीज केक फ्याटोरी नछिरेको दिन हुँदैनथ्यो तर आजकाल हामी त्यहाँ जादैनौ। म नभा बेलामा खान्छ खाँदैन थाहा छैनतर म सँगै हुँदा खाँदैन। त्यती न हो हामीलाई चाहिने। 

उसको अर्को राम्रो बानी भनौ या के भनौ, खाना चाँही मिठै पकाउछी। कसैको मुटु मा बस्न मुखको बाटो भएर जानु पर्छ भन्छन् ठिकै रहेछ। भनेको जस्तो बनाएर खुवाउछ उसले मलाई। आफु परियो खानामा सौखिन। त्यसै वेट बढेको कहाँ हो र मिठो खाना पाएपछी आँखा चिम्लेर खाइदिन्थे। अस्ती एकदिन त अचम्मै भो, ईण्डियन खाना खान गएको थिएँ, टन्न खाएँ, सबै खान सकेर पनि डेजर्ट भनेर ४ वटा लालमोहन पनि सकाएँ, केही भनिन मलाई। त्यही साँझ जिम लगेर दौडाइ मलाई, ३ घण्टा जिम मै, थाकियो, कती  पसिना निस्क्यो निस्यो, निचारेको भए दुई बाल्टिन हुन्थ्यो होला। अघी खाएको क्यालोरी सबै घटाऊनु पर्छ रे। रिस त उठ्छ नि, तीन तीन घण्टा दौडनु परेपछी। तर पनि मलाई भन्दा मेरो स्वास्थ को ध्यान राख्ने कोही छ भनेर दंग छु म। 

अँ साँचै, उ फेरी निकै राम्रो नाच्छे, आफु भने नाच्न भनेपछी फिटिक्कै नआउने। जुलाईमा उस्को एकजना साथीको बिहा थियो। हामी दुबैलाई निम्तो थियो। मैले नचिन्ने भएकोले जान त मन थिएन तर उस्को अगाडि मेरो के लाग्थ्यो। गएर मात्र पुग्ने हो र, नाच्नु पनि पर्ने रे। कपल डान्सकी हो कि के डान्स गर्नुपर्छ भनेर दुई हप्ता देखी नै ट्रेनिङ शुरु। कहिले एसो गर भन्या छ, कहिले त्यसो गर भन्या छ, आफुलाई नआएपछी के गर्ने, कहिले के मिल्दैन कहिले के। दुई हप्ता सँम्म ट्रेनिङ गर्न लगाएर बल्ल बल्ल ओके भनी। बिहामा गएँ, रमाइलो नै थियो, साचै बिहा चाँही उस्को कुइरे साथीको। नयाँ अनुभब थियो, रमाइलो नै भयो। अब कुइरेको बिहामा नाटक हुन्छ नि बेहुलिले फुल फाल्ने अनी उस्की केटी साथीहरुले समात्ने। त्यो बिहामा पनि त्यस्तै भयो। फुल फालियो, फुल समातियो SURPRISEssssssssss, मेरै मान्छीले समाती फूल। फूल खोसाकोस गरेको हेर्न त रमाईलै हुन्छ, मजा नै आयो तर उसैको हातमा परेर पो टेन्सन। कुइरेको राम कहानी अनुसार, जसले फूल समात्छ, उस्को पहिले बिहा हुन्छ रे। उसको बिहा भएर मलाई टेन्सन हुनु नपर्ने हो, तर उसले बिहा गर्ने मान्छे म नै हुँ अहिले सम्मको लागि, उ त दङ थि नि, सबैले बधाई दिदै थि उसलाई। 

भोली फेरी घुम्न निस्कियौ। कता भन्ने प्रश्न नै आएन नि, केटी सँग गएपछी मल भनेर भन्नै परेन नि। पसलहरु चहार्दै थियौ, एउटा पसलमा  गएर टक्क अडी, कुन पसल भन्नु होला फेरी, अब कुन पसल भन्ने, कुन नि त्यही सुन पसल। उसको आँखाटक्क अड्केको थियो हिरा जडिट औठीमा। आहा कस्तो राम्रो औठी रे। के गर्ने, के भन्न लागेको आफुले बुझे जस्तो लाग्यो, तर पनि होइन होला भनेर या नबुझे जस्तो गरेर, एस्तो हेर्नु हुन्न भनी तानेर लगें। फेरी एकछिन मै अर्को सुन पसलमा पुगी उ - आहा यहाँ पनि रैछ रे औठी। अब सुन पसलमा औठी नभएर साडी हुन्छ त। फेरी पनि मैले तानेर अन्तै लान खोजें। यो पल्ट चाँही मलाई बेसरी हग गरी मलको बिचमै। केही बोलिन एक्छिन, के भयो भनेर सोधे, उत्तर आएन।

त्यो एक्छिन चुप लागेको शान्त समय त गुस्ताभे र आइके (हुरिकेन) आउने भन्दा पहिले हुने सन्नाटा पो रैछ। मेरो कान निर मुख लगेर बिस्तारै, हनी हामी पनि बिहे गरौ न भन्यो। के भन्ने भन्ने, out of nowhere के भन्ने अब, आज को राशीमा बज्रपात हुने भनेर लेखेको हुनुपर्छ। मुख बाट केही शब्द नै निस्केन बरु हिन्दी फिल्म को डाइलग पो याद आयो - ए सुन्ने से पहेले मेरे कान क्युन फट नही गइ, जमिन क्युन फट बही गइ, आशमान क्युन गिर नही गया। लोप परेको ४ महिना पूरा भएको छैन, बिहा गरौ रे। एस्तो नि कही हुन्छ, होइन र भन्या।

क्रमश:     

 

Read Full Discussion Thread for this article