Posted by: usnepaliboy September 11, 2008
निर्मोही लहरी by लहरे
Login in to Rate this Post:     0       ?        

मित्र लहरे,
गाउ मा लोड शेद्दिङ भएको ले भर्खर मात्र तिम्रो लेख पढ्न पाये, खुशी लाग्यो। अमेरिका गर केटा त गजब लेख्दो रछ। घर तिर बा आमा लाई सञ्चै छ। दु:ख को कुरो के भने नि लहरे, यहाँ बा ले पल्लो घरे अन्तरे कि सानी छोरी सँग तिम्रो बिहे को कुरो चलाऊनु भा छ। अन्तरे को भाई जनतारे ले त पहिले हुँदैन भनेको थियो, बिदेश तिर बसेको केटा को भर हुँदैन उता आर्कै केटी हुन्छ भन्थ्यो तर पछी सबैले कराये पछी बिचरो जनतारे को के लाग्थ्यो र? अहो..... एस्तो कुरा सुनेर गाम मा सुन्तली(अन्तरे कि छोरी) को भईमा खुट्टो छैन। म त लहरे सँग बिहे गरेर अमेरिका जाने भनेर हैरान छ। गाम मा तिम्रो प्रगती देखेर सबै खुशी छन, अझ तिमीले त्यो तार नचाहिने श्याल फुन लिये देखी त गाउ मा सबैको नाक घिरौला जत्रो भाको छ। अब त म पनि त्यहाँ आउँदै छु। अन्तरे को घर मा गाई ब्याएको छ, सुन्तली ले सुद्ध गाई को घिउ लगिदे तिमीलाई भनेर हैरान गरिरछे। गाई चै सुद्ध हो घिउ चै थाहा छैन। बा आमा ले गुन्द्रुक, मश्योउरा, भट्मास नि लग्दे भन्दै हुनुहुन्छ।

जेहोस् तिम्रो कुरो पढेर चै खुशी लाग्यो, अरु पनि थप्दै जाउ हामी कमेन्ट हान्दै जाउला। आसा छ म त्यहाँ आयेपछी हुन पनि सक्ने र नहुन पनि सक्ने भाउजु सित भेटाउने नै छउु। गाउ को बाँकी कुरा अब तेही आएर सुनाउला।
ए साची त्यो कार्ड बेला बेला मा हेर्नु नि, धेरै घोतिएर कहिले काही धुवा निसकिन्छ।

उही गुलेली हान्न जाने साथी.

Read Full Discussion Thread for this article