Posted by: Birkhe_Maila September 8, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

प्यारि लहरी,

माथि मैले अंग्रेजीमा लेखेको लपलेटर यो नयाँ नेपाली अपडेटेड लपलेटर पाउनासाथ शून्य (void) मान। तिम्रो मुटु त मलाई चाहियो चाहियो। जिन्दगीमा कति मुटु फोरियो, कति मुटु कोपरियो, कति मुटु काटियो, कति मुटु खाइयो तर मलाई कहिले पनि चित्त बुझेन। कुनै मुटु नून नहालेको तरकारीजस्तो, कुनै मुटु चिनी बिनाको चिया जस्तो ( लाटीको म्वाई खाए जस्तो क्या!)। मलाई तिम्रो हट एन्ड स्पाइसी मुटु चाहियो। मलाई तिम्रो मुटुको दायाँ भेन्ट्रिकल देखि माया गर्दै बाया अरिकल सम्म पुग्ने इच्छा छ। मेरो भेन र आर्टरी हरुसंग तिम्रो भेन र आर्टरी साटासाट गर्नु छ। प्रीय, आऊ, मेरो मुटु देखि तिम्रो मुटु सम्म पुग्ने सर्टकटको बाइपास क्रिएट गरौँ र यो संसारमा मायाको नयाँ परिभाषा सृजना गरौँ। ' कार्डियाक लभ'-- हो म त्यहि भन्न रुचाउँछु। हाम्रो माया, संसार भन्दा भित्र, तिम्रो र मेरो रुप भन्दा पनि भित्र, हाम्रो छाला भन्दा पनि भित्र हाम्रो हाड र मासु भन्दा पनि भित्र छ, गहिरो छ र संवेदनशील छ। तर प्रीय, संसारमा दुख दिनेहरु र मायामा भाँजो हाल्नेहरु जताततै रहेछन्। हाम्रो कार्डियाक लभमा पनि दुस्मनहरु धेरै छन्। मेन भिलेन 'कोलेस्टोरल' लाई जसरि हुन्छ हामिले मार्नु पर्छ। प्रियतमा, अस्ति भर्खर हाम्रो मायामा ईर्श्या गर्ने गुन्डा' हाइपरटेन्शन'ले मलाई एक पटक नराम्रो संग हान्यो। म खालि हात भए पनि बल्ल बल्ल त्यसलाई लखेट्न सफल भएँ! तर पनि किन किन अझै डर लाग्छ। मेरो घर मुनि 'क्लटिङ' को खुकुरि लिएर मेरो रगत जमाउने धम्कि दिँदै बसिरहेको छ। प्राणेश्वरी, यि भिलेनहरुलाई त जसोतसो पाखा लगाएँ, तर देख्दा साना साना कमजोर भए पनि केहि भिलेनहरुले हाम्रो मायामा बाधा पार्दैछन्। हो, एङ्जाइटी नाम गरेका खातेहरु जताततै छन्। बेला बेलामा तिम्रो लागि मेरो मुटु धडकिँदा यिनिहरुले पनि धम्कि दिन्छन्। त्यसैले प्रीय आऊ, हामि मुटु साटासाट गरेर बलियो बनाउँ, र एक पटक हाम्रो मायाको इसिजि(इकेजि) गरौँ र ढुक्क बनौँ हाम्रो माया बलियो भएकोमा! मेरो सिस्टोटिक प्रेशरले मलाई अहिले यो प्रेमपत्र यहिँ रोक्न बाध्य बनायो बाँकि कुरा पछि गरौँला।

उहि तिम्रो कार्डियाक लभर

लहरेकान्त लाकौल

Read Full Discussion Thread for this article