Posted by: Geology Tiger September 7, 2008
जनयुद्ध लडेकालाई एमएसरह मान्यता
Login in to Rate this Post:     0       ?        

नेपे ज्यू,

यहाँको बिचार सर्हानिय छ। पुरस्कार र सम्मानको कुरा अर्कै हो, माओवादी युद्दमा कति सम्मान गर्न लायक काम भएका छन? कति सजाय दिन लायक काम भएका छन? तेस्को लेखा जोखा कस्ले र कसरी गर्छ? या कहिले पनि हुँदैन? त्यो मलाई थाहा छैन। तर जहाँ सम्म छपामार्हरुलाई शैक्षिक मन्यता दिने कुरा छ त्यो अत्यन्त हासो उठ्दो, कसैलाई पनि नपच्ने खालको छ। शायद नेपाललाई नयाँ नेपाल बनाउने तरिका मध्य यो एकदम सजिलो तरिका हो। विश्वमा कही पनि भएको छैन होला यस्तो!!!!!  

 

Read Full Discussion Thread for this article