Posted by: Nepe September 7, 2008
जनयुद्ध लडेकालाई एमएसरह मान्यता
Login in to Rate this Post:     2       ?         Liked by

हरेक मुलुकको ईतिहासमा सम्पन्न निर्विवाद क्रान्ति/युद्ध का योद्धाहरुलाई विशेष सुविधा/सम्मान दिईएका परम्पराहरु छन् ।

 

भारतको स्वतन्त्रता संग्राम का (३७ वटा विभिन्न विद्रोह र आन्दोलनहरुले यस्तो मान्यता पाएका छन्) का योद्धाहरुलाई स्वतन्त्रता सैनिक सम्मान पेन्सन प्रदान गर्ने स्किम, SSSP scheme, 1980 बारे सूचना सामाग्री यहाँ छ:

 

http://pensionersportal.gov.in/Briefsssp.asp

 

अमेरिकाको Revolutionary war veterans लाई पेन्सन दिने कानूनी व्यवस्था 1776 देखि भएको तथ्यबारे जानकारी यहाँ छ:

 

http://vagensearch.com/AmericanRevolution/Pensions.html

 

जहाँसम्म माओवादीको जनयुद्ध को सबाल छ, यसको सम्पूर्ण मुल्यांकन हुन बाँकी छ र त्यो मुल्यांकन कहिले पुरा होला भनेर भन्न सकिने अवस्था पनि छैन अहिलेसम्म । र फेरि त्यस्तो मुल्यांकन एकै खेपमा कुनै औपचारिक विधीबाट हुनेभन्दा पनि बिस्तारै बिस्तारै, खण्ड खण्डमा, औपचारिक र अनौपचारिक दुवै तौर तरीकाबाट हुने छाँट देखिन्छ र त्यसो हुनाले त्यसै अनुरुपको विवाद, ढिलाई, अपूर्णता हामीले देख्दै भोग्दै जानेछम् होला ।

 

नेपालको राजनैतिक परिवर्तनमा माओवादीको योगदान ईन्कार गर्न सकिने कुरा होईन किन्तु त्यो योगदान कुन प्रकृतिको, कति परिमाणको, केकस्ता आयामहरु रहेको हो भन्ने कुराको सामान्य राष्ट्रिय समझदारी समेत बनिसकेको छैन ।

 

र यो बन्न नसक्नुमा दूईवटा कारण देख्छु म । एक त, सत्य निरुपण आयोग बन्ने सुरसारै भईनसक्नु र त्यसले काम सम्पन्न गरिसक्नु त कहिले हो कहिले भन्या जस्तो अवस्था हुनु । यस्तो अवस्थामा माओवादी जनयुद्धका अवाञ्छित र आपराधिक पक्ष यसका सकारात्मक वा स्वीकार्य पक्षसंग मिसिएर बसेकोले यो छ्यासमिसे अवस्थामा छ ।

 

दोश्रो कारण हो, माओवादी उच्च नेतृत्व स्वयंले नै माओवादी जनयुद्धलाई सर्वमान्य उद्देश्य (बुर्जुवा पूर्ण लोकतन्त्र) हेतु नभएर उनिहरुको दलगत उद्देश्य (अन्ततोगत्वा जनगणतन्त्र/समाजवाद स्थापना गर्ने) हेतु भएको भनेर लगातार बयान दिईरहनु ।

 

त्यस हिसाबले त हामी नेपाली जनताहरु लोकतान्त्रिक गणतन्त्र स्थापना गरेम भनेर सगर्व यसको सेलब्रेशन गरेर जो बसेका छम् त्यो माओवादीहरुको लागि एउटा क्षणिक detour वा शिविर मात्र पो भयो त ।

 

लोकतान्त्रिक गणतन्त्र लाई कुनै अज्ञात तन्त्र (यो जनगणतन्त्र भनेको के हो स्वयं प्रचण्डलाई नै थाहा छैन, अरुको के कुरा गराई भो ? यसबारे सोध्यो भने प्रचण्ड जहिले पनि लटरपटर जवाफ दिन्छन् ) द्वारा प्रतिस्थापन गर्न बसेका माओवादी जनयोद्धा हरुलाई हामी लोकतान्त्रिक गणतन्त्रवादी जनताहरुले केको ज्याला दिने हो, कति ज्याला दिने हो, कुन वैचारिक नैतिकताको आधारमा माओवादीहरु त्यस्तो ज्यालाको माँग गरिरहेका छन्, मैले बुझ्या छैन ।

 

Nepe

Read Full Discussion Thread for this article