Posted by: shirish September 3, 2008
how will you run Nepali Congress if you were GP Koirala ?
Login in to Rate this Post:     0       ?        
पार्टी नेतृत्व नत्याग्ने कोइरालाको संकेत
 
भूतपूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला
गिरिजाप्रसाद कोइरालालाई कांग्रेस पार्टीलाई कमजोर तुल्याएको आरोप लाग्ने गरेको छ
सत्ताबाट प्रतिपक्षमा पुगेको दल नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले तत्काल सक्रिय राजनीति नत्याग्ने संकेत दिएका छन्।

ललितपुर सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा कोइरालाले पार्टी नेतृत्व तत्काल नछाड्ने बताउँदै त्यस्तो संकेत दिएका हुन्।

प्रतिपक्षमा पुगेपछि एकसाता अघिदेखि भइरहेको महत्वपूर्ण बैठकमा सभापति कोइराला बुधवार पहिलो पटक सहभागी भएका थिए।

बैठकमा नयाँ नेतृत्व चयन गर्न महाधिवेशनको मिति तोक्नु पर्ने माग भइरहेको छ।

बेवास्ता

तर मन्तव्यको क्रममा सभापति कोइरालाले त्यसको बेवस्ता गर्दै महाधिवेशन भन्दाअघि दुई कांग्रेसबीच भएको एकिकरणलाई थप सुदृढ बनाउन नेताहरुलाई आग्रह गरे।

उनको भनाई उद्धृत गर्दै प्रवक्ता अर्जुन नरसिंह केसीले भने, "फेरि एकपटक जुर्मुराएर नयाँ इतिहास निर्माण गर्नको निम्ति कुनै पनि अलोकतान्त्रिक विचार र दृष्टिसंग संघर्ष गर्न गाउँदेखि सम्पूर्ण एकता सृजना गर्नुछ। अहिले कसैले पनि नेतृत्वको निम्ति वादविवाद गर्नु हुँदैन।"

संविधानसभाको चुनावमा भोगेको पराजयको नैतिक जिम्मेवारी लिँदै कांग्रेस नेतृत्वले राजीनामा दिनु पर्ने आवाज पार्टीभित्र र बाहिर उठिरहेको छ।

तर आफ्नो नेतृत्वमा भएको संविधानसभामा आफ्नो नेतृत्वकै पार्टीले ठूलो हार व्यहोरेपछि पनि कोइरालाले अझै सक्रिय राजनीति नत्याग्ने बताएका छन्।

घोषणा र चुनौती

यसअघि कोइरालाले २०५१ सालको मध्यावधी चुनावमा पार्टीले बहुमत गुमाउँदा र त्यसपछि टुक्रिएको पार्टीलाई पुरानै ठाउँमा नपुर्‍याई विश्राम नलिने घोषणा गरेका थिए।

त्यस्तै उनले राजाले सत्ता आफ्नो हातमा लिएपछि प्रजातन्त्रको स्थापना गरेर र प्रजातन्त्र पुन:स्थापनापछि संविधानसभाको चुनाव गराएर मात्र राजनीतिबाट विश्राम लिने बताएका थिए।

तर विश्लेषकहरु भन्छन्, "पार्टी डुबाएको गम्भीर आरोप समेत खेपिरहेका उनको निम्ति राजनीतिक र निजी जीवनको उत्तरार्धमा अनुकूलता भन्दा प्रतिकूलता नै बढी देखिन्छ।"

 
Read Full Discussion Thread for this article