Posted by: chipledhunga September 2, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

बिहानीको दोस्रो जदौ सबैलाई।
बिष्टे, कारबाही गरियो एउटा खसीलाई। तिउँरा सम्धीले खुब मीठोसँ भुट्याथे भित्राँस। बियर र चिउरासँ बजाइयो। गुस्ताभे बाउचाले त दु:ख दिएन। थोपो पानीसम्म परेको छैन अहिलेसम्म त। ३०% सम्भावना भनेको छ आजलाई तर अहिले झलमल्ल घाम लागिरहेको छ।
मास्टर्नी काकी, कस्तो छ त्यता अहिले? लसुनटारितिर रहिछ काकीको बसाइ पनि।
गाले, देख्नै गार्हो हौ अचेल त किन हो?
ठुलिलाई पनि देख्नै गार्हो।
 

Read Full Discussion Thread for this article