Posted by: Nepe August 30, 2008
Moti Jayanti
Login in to Rate this Post:     0       ?        

 

दुइ आँखिभौं त तयार छन् तरबार पो किन चाहियो

तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो ॥१॥

 

पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा

घर भन्नु भारि महल न हो दरबार पो किन चाहियो ॥२॥

 

कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको

मणि मोती नीर जुहार न हो अरु हार पो किन चाहियो ॥३॥

 

http://www.nepalikavita.com/1/files/udhghatan-kavita/MotiramBhatta.pdf

 

मोतीको सम्मानमा:

 

तिमी बोल्न मुख बाउँन मात्र पर्छ, जगत थामिन्छ सुन्न

तिमी हुञ्जेल रिडिया, टिभी र ब्रेकिङ समाचार पो किन चाहियो ॥:-)॥

 

http://www.spinybabbler.org/literature/personalities/motiram_bhatta.htm

 

Nepe

Read Full Discussion Thread for this article