Posted by: Credence Trend August 28, 2008
सहयात्री
Login in to Rate this Post:     0       ?        

सहयात्री

बिहानीको  
शितलतामा
बिउँझन्छ
त्यो यात्री
डाँडा पारी जाने उस्को    
उड्छ उमंग
माथि ।

आशा
त्रिस्ना
अपेक्ष्या बोकी
हिँड्छ उ सोची
यात्रामा उस्को  
समयले साथ् पो  
छोड्ने होकी ।

चौबाटोमा
भेट्छ उस्ले
एउटी सहयात्री
हिन्ड्छन दुबै
सँग सँगै
नपरुन्जेल
रात्री ।

जब पुग्छन
डाँडा पारी
भन्छिन  
सहयात्री
पुग्यो तिम्रो
साथ् अब  
जान देउ साथी ।

बस्छन उनी
टोलाएर
भारी मन लीइ
हराउछ
मुस्कान उस्को  
सहयात्रीलाई
सम्झी ।

- ट्रेन्ड
अगस्ट २८, २००८  


 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
Last edited: 28-Aug-08 05:40 PM
Last edited: 28-Aug-08 05:41 PM
Last edited: 29-Aug-08 12:02 AM
Read Full Discussion Thread for this article