Posted by: Nepe August 28, 2008
Educated MP
Login in to Rate this Post:     0       ?        

शंकालु, अविश्वासी र अनास्थावान् हरुको लागि त मसंग छैन केही जवाफ, तर शंकाको सुविधा दिनेहरुको लागि भने हाम्रो सम्बिधान सभामा प्रतिनिधित्व गर्ने सारा निराक्षर, अल्पपठीत सभासदहरु खास गरेर marginalized groups बाट आएकाहरु र यस्तो profile को सम्विधानसभा स्वयंकै पक्षमा मेरो बहस यस्तो छ:

 

हामीले अब बनाउने सम्विधानको सबैभन्दा महत्वपूर्ण  र अत्यावश्यक गुण (हजुर, सबैभन्दा महत्वपूर्ण र अत्यावश्यक गुण ) भनेको यसले नेपालका सबै वर्ग र समुहको हितको ग्यारेन्टी गर्नु हो ।

 

यस्तो ग्यारेन्टीलाई ग्यारेन्टी गर्ने एउटै मात्र ग्यारेन्टी हो - सबै वर्ग र समुहहरु जेजस्तो अवस्थामा छन् (धन, व्यक्तित्व, औपचारिक शिक्षा आदि ईत्यादि) त्यसको कुनै परवाह नगरी सम्विधानसभामा उपस्थित गराउनु र समान निर्णायक अधिकार दिनु हो ।

 

औपचारिक शिक्षाका बडे बडे डिग्रीधारी संभ्रान्तहरुले अन्य समुहका सर्वोत्तम हितको प्रतिनिधित्व गर्ने सम्भावना त हुन्छ तर ग्यारेन्टी हुँदैन । हो, गाँठी कुरा यही हो । र यसै कारणले सारा निरक्षर, निमुखा, लाटालठेब्राहरुलाई सम्विधानसभामा पुर्‍याउने मेकानिज्म स्वीकार गरिएको हो ।

 

अब प्रश्न उठ्छ, के यी निरक्षर लाठलठेब्रालाई आफ्नो वर्गिय हितको ज्ञान होला त ? वा के यिनीहरुलाई उनिहरुको वर्गिय हितविरुद्ध अन्य पठीत टाठाबाठाहरुले उपयोग नगर्लान् ?

 

मेरो उत्तर- हो, निरक्षर लाटालठेब्रालाई अवश्य र अझ झन् बढी ज्ञान (सचेतता) हुन्छ आफ्नो हितको (यतिन्जेल वञ्चनाको अनुभव जो छ उनिहरुसंग) र उनिहरुको निर्णयाधिकार सहितको उपस्थितिले टाठाबाठा छट्टुहरुले गर्ने सक्ने छलकपट कमभन्दा कम हुन्छ ।

 

सम्विधान-निर्माणमा सबैले सबैथोक गर्नुपर्छ भन्ने होईन । वञ्चित वर्गका प्रतिनिधिहरुले आगामी दिनमा त्यस्तो हुन नदिन पहरेदारी मात्र गरे भने उनिहरुले आफ्नो दायित्व पुरा गरे । अन्य कम महत्वपूर्ण, झिनामसिना, प्राविधिक कुराहरु समेत उनिहरुले नै गर्नुपर्छ भन्ने छैन । कुरा यसो हो प्रभो ।   

 

 

Nepe

Read Full Discussion Thread for this article