Posted by: kickti August 28, 2008
Ghazal
Login in to Rate this Post:     0       ?        

साझामा यस हरफहरु बाट बामे सर्न अनुमती चाहन्छु है मित्रहरु !!

 

भाउ खोज्दा बजारको सस्तो माल नहोस्
बोलाई, गराईमा अन्तरघाती संजाल नहोस्

 

पश्चिम जल्दै छ, आज पानीको अभावले
पुर्वी तराईमा नदी कटानले अनिकाल नहोस्

 

आफ्नो घरको करेसामा, कौसो फलाई 
पराई घरको अस्मितामा अंगमाल नहोस् 

 

कोशी डुवानले पूर्वमा लाखौं बेघर भो
राजधानीमा राहतको फालाफाल नहोस्

 

बिर्सि दिउँ अब गएका अँध्यारा दीनहरु
अब फेरी, ती हातहरुले बबाल नहोस्


Read Full Discussion Thread for this article