Posted by: prem chopda August 27, 2008
Deepak manange out of jail as rajeev gurung
Login in to Rate this Post:     0       ?        

मनाङेको रहस्यमय रिहाइ

बालकृष्ण बस्नेत

काठमाडौं, भदौ ११ - व्यक्ति उही तर नाम फरक । फरक नामकै सहाराले सर्वोच्च तहको अदालतबाट सजिलै जेलबाट उम्किएका छन् दीपक मनाङे ।

बुधबार दिउ“सो २ बजे सर्वोच्चको आदेशले उनी डिल्लीबजार कारागारबाट मुक्त भए । अचम्म के भने आदेशमा दीपक मनाङे नभई राजीव गुरुङलाई तत्काल रिहा गर्न भनिएको थियो ।

'दीपक, दीपक भन्थे तर राजीवकै नाममा उनी जेलमुक्त भए,' मनाङेको रिहाइप्रति आर्श्चर्य राख्दै कारागार प्रशासनका एक कर्मचारीले कान्तिपुरस“ग भने । र्सार्वजनिक अपराधमा एक

वर्षकैद तोकिए पनि एक महिना नबित्दै मनाङे रिहा भएका हुन् । उनी उपत्यकाका चर्चित 'डन' मानिन्छन् ।

मनाङेको रिहाइस“गै प्रहरीको फितलो अनुसन्धान उदांगो भएको छ भने त्यसमा प्रशासन, सरकारी वकिल र अदालतको निष्पक्ष्ँतामाथि प्रश्न उठेको छ ।

काठमाडौं जिल्ला प्रशासन र पुनरावेदन अदालत पाटनले गरेको फैसलाअनुसार उनी साउन २३ गतेदेखि कारागारमा थिए । २०५९ जेठमा भएको एक घटनामा अपराधी ठहर गर्दै उनलाई एक वर्षकैद र ५ हजार रुपैया“ जरिवाना तोकिएको थियो ।

तर उनले आफू राजीव गुरुङ भएको, पहिलेको घटना र त्यसस“ग सम्बन्धित पात्र -अर्थात् दीपक मनाङे) आफू नभएकाले गैरकानुनी थुनामुक्तिको माग राखी भदौ ३ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गराएका थिए । राजीव नै दीपक हुन् भन्ने सबैलाई थाहा भए पनि प्रहरी अनुसन्धान र त्यसको आधारमा सरकारी वकिलले दायर गरेको मुद्दामा त्यसबारे कतै उल्लेख थिएन । त्यसको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले काठमाडौं प्रशासन, पाटन अदालत र डिल्लीबजार कारागारस“ग लिखित जवाफ मागेको थियो । सर्वोच्चले सोधेको प्रश्नमा पनि कुनै निकायले दीपक राजीव हुन् भन्ने जवाफ दिएनन् । 'दुवै नाम एकै हुन् भन्ने जवाफ दिएको भए छुट्न गाह्रो पथ्र्यो,' सर्वोच्चका एक कर्मचारी भन्छन्- 'प्रहरीको अनुसन्धानदेखि नै गल्ती भएको छ । त्यसलाई देखाएर प्रशासन र अदालत दुवै निकायले आ“खा चिम्लि“दा कैदी सजिलै छुटे ।'

६ वर्षघिको प्रहरी अनुसन्धानमा दीपक मनाङे भन्ने राजीव गुरुङ भनी उल्लेख नह“ुदा उनलाई छुटाउन सजिलो भएको हो । कैदीलाई अदालतमा उपस्थित गर्न वा थप प्रमाण बुझ्ने आदेश नदिई सर्वोच्चका न्यायाधीशद्वय बलराम केसी र कल्याण श्रेष्ठको इजलासले सीधै रिहा गर्न आदेश दिएको हो ।

'निवेदक राजीव गुरुङको हकमा यस अदालतबाट बन्दीप्रत्यक्ष्ँीकरण आदेश जारी भएको हु“दा थुनामुक्त गर्न भनी जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय डिल्लीबजारलाई नियमानुसार लेखी पठाउनु,' सर्वोच्चको आदेशमा उल्लेख छ ।

आदेशपछि तत्कालै कारागारमा पत्राचार गरिएको र सम्बन्धित बन्दी रिहा भएको जानकारी बुधबार दिउ“सै आएको सर्वोच्चका शाखा अधिकृत वेदप्रसाद तिमिल्सिनाले कान्तिपुरलाई बताए ।

'राजीव' का तर्फाट सर्वोच्चमा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, अधिवक्ताद्वय शम्भु थापा र प्रकाश राउतले बहस गरेका

थिए । '६ वर्षघिको घटनामा दीपकको संलग्नता छ । तर जेलमा राजीव बसेका थिए,' राउतले भने- 'दुवै जना एकै हुन् भन्ने प्रमाणित हुन सकेन ।  भदौ ९ गते काठमाडौंका प्रजिअ जयमुकुन्द खनालले सर्वोच्चलाई राजीव थुनामै नरहेकाले रिट खारेज गर्नुपर्ने जवाफ दिएका थिए । 'दीपक मनाङेबाहेक राजीव गुरुङ भन्ने व्यक्तिलाई थुनामा राख्न नपठाइएको हु“दा रिट खारेज गरिपाऊ“,' उनको जवाफमा थियो । कारागारका जेलर हरिहर दाहाल स्वयंले दीपक थुनामा नरहेको जवाफ पठाएका थिए ।

Read Full Discussion Thread for this article