Posted by: nakkali keti August 27, 2008
बेश्याको डायरी
Login in to Rate this Post:     0       ?        

सर्बप्रथम त धेरै दिन हरएकोमा माफि चाहन्छु। मेरो कथा पढिदिनुहुने अनी पढेर comment गरिदिनुहुने सबैलाई धेरै धेरै धन्यवाद।

बेश्याको डायरी

(भाग ४)

मरिभुमिमा चलेको बतासले झैं यसोधिको चिठ्ठीले समयको बालुवाले छोपेका अनुहारहरु सबै उदाङ्गो पारीदियो। अर्जुन को स्‍मृतिलाई त झन मैले ह्यकुलाले थिचेर राखेको थिए। त्यही निसास्सिएर मर्यो होला भन्ने सोचेको त त्यो पनि सल्बलाउन थालेको छ। अर्जुन र म एक अर्कालाई माया गर्छौ भन्ने कुरा मलाई धेरै पछी मात्र आभास भयो। धेरै बोलदैन थियो उ। उस्का आँखाका भाका बुझ्न मलाई धेरै समय लाग्यो। एक दिन म घाँस काट्दै थिए, उ नजिकै आएर भन्यो "चमेली  म india को गोर्खा रेजिमेन्ट्मा छानिए। तँ मसँग बिहे गर्छेस्?" म अवाक भए। ति दुई वटा वाक्यहरु बिच कस्तो तालमेल नमिलेको जस्तो लाग्यो। म नबोलेको देखेर धेरै अगाडि पुगेंछु जस्तो लागेछ कि के हो फेरी सोध्यो "तँ मलाई माया गर्छेस्?" म लाज ले भुतुक्क भए, भुइँतिर मात्र हेरिरहे। शायद उस्ले मेरा लाजाएका आँखामा सहमति देख्यो अनी फेरी सोध्यो "मसँग बिहे गर्छेस्?'  मैले सुस्तरी "बसँग कुरा गर्नुपर्छ " भने। उस्ले फेरी भन्यो "म पर्सी बिहानै यहाँबाट जानु पर्छ, छ महिना पछी आउँछु त्यती बेला तेरो बासँग मागेर बिहे गर्छु, तँ मलाई पर्खिराख है"। मैले "हुन्छ" मा टाउको हल्लाएँ तर मलाई के थाहा त्यो छ महिनामा हाम्रो संसारमा प्रलय जान्छ भनेर।
मैले उस्लाई ३ महिन पनि कुर्न पाइन। अर्जुनले त्यो भनेको भोलिपल्ट हाम्रो भेट फेरी जङल नेरीको चौतारोमा भयो। म फेरी लजाएँ। उस्ले मलाई उस्को नजकै बस्न भन्यो। म डरले काम्दै उस्को नजीक बसें। पर पुरुष सँगको त्यो पहिलो निकटता मलाई त्रासमय लाग्यो। उस्ले मेरो हात समाउँदा खै कुन तरङ दौडियो मेरो जीउमा मुर्छीत भएँ झैं लाग्यो। जब होस आयो आफुलाई उस्को अंगालोमा पाएँ। सर्है न्यानो थियो त्यो अंगालो। "तँ जा अब ढिलो होला" केहीबेर पछी उस्ले भन्यो। उस्का आँखामा आँसुहरु टल्पलाई रहेका थिए मानैं उस्लाई थाहा थियो त्यो हाम्रो अन्तिम मिलन हो भनेर। तर अबोध म बिछोडको पिडा कस्तो हुन्छ भन्ने कल्पना समेत गर्न जानेको जानेकी थिइन।

****************************************************************************************************

मलाई कैलेकाँही असाध्य जाडो हुन्छ। ती अनेक थरी मान्छेहरुका चीसा अंगालोमा कठाङ्रीएर मर्छु जस्तो लाग्छ। सिरकमा गुटुमुटु पर्छु अनी, अर्जुनको अंगालोको न्यनोपन पाउन। तर त्यो त एउटा म्रिगत्रिस्ना मात्रा हो। शायद त्यही न्यनोपनको तिर्खा मेटाउन म कमलको पछी दौडीएको थिएँ।
अर्जुन र कमल, यी नामहरु म जिन्दगीमा कहिल्यै भुल्दिन।
कमल जस्ले मेरो सरीरका हरेक अङ्ग छोएर पनि कहिलै मेरो मन देखेन अनी अर्जुन जस्ले मेरो मन को कुना कुना छोएर पनि कहिल्यै सारीरिक तृप्‍ति पाएन। आखिर दुबै परिस्थितिमा हार मेरै थियो। कस्तो हुँदो हो कुनै पुरुषसँगको मानसिक र सारीरिक मिलन, एकैसाथ?
******************************************************************************************************

आजको रात सार्है लामो लागिरहेको छ। उफ्!! कहिले बिहान हुने हो? पुनमका शब्दहरु ओछ्यानभरी काँडा भएर छरिएछन।
पुनम यसै कोठीकी अर्की केटी। उमेर पनि मेरो जत्तिकै हुँदो हो तर उ यही कोठीमा जन्मिएकी अरे। पछी आमाले छोडेर कता गइ थाहा छैन भन्थी। एक, दुई महिना देखी सर्है सिथिल देख्थें उस्लाई। कत्ती चोटि doctor लाई जँचाउन जा भन्थें, मान्दै मान्दिनथी। आज साँझ एक्कासी मेरो कोठामा आएर रुन थाली। म छक्क परें। "के भयो, किन रोएकि?" मैले सोधें। "म अब धेरै बाँच्दिन चमेली" उस्ले बरबर आँसु झार्दै भनी। के भएछ यस्लाई  एक्कासी  भन्ठानेर फेरी सोधें " किन त्यसो भनेकि?" उस्ले रुन्छे स्वरमा भनी "म हिजो doctor लाई देखाउन गएको थिएँ। रगत जाँचेको रिपोर्ट आज आउँछ भनेर फेरी आज बोलाएको थियो। आज गएको त  doctor ले मलाई aids लागेको छ भन्यो। यो रोग को त औषधी नै हुँदैन अरे। " मन खङ्रङ भयो। उस्ले फेरी भनी "तँ पनि गएर रगत जँचाइ हाल चमेलि।" मैले उस्का अरु केही कुरा सुनिन। केवल उस्का आँखाबाट झरेका आँसुहरु हेरिरहें। भगवान पनि कत्ती निस्ठुरी रहिछ। के गल्ती थियो र पुनम को यो कोठिमा जन्मिनुमा। अनी के गल्ती थियो र मेरो त्यो बिकट गाउँको गरीबिमा जन्मिनुमा। पूर्व जन्मको सजाँय हो भने किन त्यही जन्ममा दिएनौ त? यो पूर्व जन्मको खेल भनेर हामी निरिह मान्छेहरुलाई  झुक्याउने भगवानहरुको  आफ्नो कमजोरी लुकाउने उपाय मात्र हो।
******************************************************************************************

क्रमश:

Last edited: 27-Aug-08 01:56 PM
Read Full Discussion Thread for this article