Posted by: shirish August 25, 2008
माया लागेर आयो - गजल !
Login in to Rate this Post:     0       ?        

तिम्रो योजनाको माया लागेर आयो !

तिम्रो सपनाको माया लागेर आयो !

 

जब दराजबाट मेरा चरीत्र निक्ले

तिम्रो चाहनाको माया लागेर आयो !

 

मैले गल्ती गर्दा उल्टै माफी माग्छौ

तिम्रो याचनाको माया लागेर आयो !

 

म बिना पनि रात-दिन उत्सब होस्

तिम्रो कामनाको माया लागेर आयो !

 

फुटेको बाजाबाट धून पो निकाल्यौ

तिम्रो श्रृजनाको माया लागेर आयो !

 
Last edited: 25-Aug-08 08:41 PM
Read Full Discussion Thread for this article