Posted by: JharekoPaat August 24, 2008
Deepak Bista : What a disgrace !
Login in to Rate this Post:     0       ?        

नेपालका खेल अधिकारीहरु विदेशी खेल समारोहहरुमा सुनको पदक लिन हैन सुन मात्रै लिन जाने परम्परा अझै कायमै छ । नेपालका खेलाडीहरुले खेलको राम्रो अभ्यास गर्ने कतिको अवसर पाउँछन ? नेपालमा खेलकूदको क्षेत्रमा व्यवसायिकताको अभाव छ । खेलाडी छनोटमा भारत जस्तो देशमा न पक्षपात हुन्छ भने नेपालको त कुरै नगरे हुन्छ । खेल पदाधिकारीहरुका आफ्ना मान्छे घुसाउने परम्पराले गर्दा कतिपय राम्रा कुशल खेलाडीहरुले अवसर नै पाउँदैनन । देशका कुना काप्चाबाट खेलाडी खोज्ने, स्काउटिङ गर्ने काम अहिलेको विषम परिस्थितिमा त असम्भव नै छ । किशोरावस्थामा भविष्यका स्टार खेलाडी देखिने युवायुवतीहरु हुर्के पछि आफ्नो र परिवारको पेट पाल्नका लागि खेलकूदको क्षेत्र छोडेर जागीरको पछि दगुर्न बाध्य हुन्छन । अनि यस्तो अवस्थामा नेपाली खेलाडीहरुले विदेशी भूमी गएर पदक जित्ने आशा गर्नु एक सपना मात्र हो ।

Read Full Discussion Thread for this article