Posted by: pops August 24, 2008
Deepak Bista : What a disgrace !
Login in to Rate this Post:     0       ?        

copy paste from http://giri25.blogspot.com/

बेईजिङ ओलम्पिकमा पदकको आशा

आशा गर्नु नै राम्रो। निराशा भन्दा त। कसैलाई के को आशा कसैलाई के को। नेपाली पत्रकारहरुलाई कान्तिपुरको सम्पादक हुने वा बिबिसिबाट आवाज छर्ने आशा। बिग्यानको बिध्यर्थीलाई नोबेल पुरस्कार पाउने आशा। राजनिति गर्ने लाई प्रधानमन्त्रि हुने आशा। दिनभरि काम गर्ने मजदुरलाई बेलुकि खाना खान पाउने आशा। कसैको आशा पुरा हुन्छ । प्रचन्डको जस्तै भने कसैको हुदैन माधब कु नेपालको जस्तै। आशै आशाको सपना देख्ने हरु प्रशस्त छन यो सन्सारमा। आशा अनि सपनामै बितेका छन धेरैका बिपनाहरु।

कुरो नेपालले ओलम्पिकमा पदक ल्याउने आशाको। धेरैले आश गरेका थिए। दीपकले कास्य सम्म ल्याउछकी भन्ने। यसपालीको बेईजिङ ओलम्पिकमा छानिएर पुगेको दीपकले ट्याकोन्दो मा पदक ल्याउछकि भन्ने झिनो आशा अनि उसको सपना पनि। अब सपना चकनाचुर भैसके। कसैले धेरै पदक जितेर रेकर्ड राखे। त्यो माईकल फेल्प्सले आठ आठ ओटा त सुनको पदक नै जित्यो यसपाली मात्रै। हाम्रो दीपकलाई यौटा पनि छैन। अंेरिका र चीन ले पदकको थुप्रो नै लगाईसके। रुस, बेलायत उनिहरुको पछि पछि। जहा पनि धनी, शक्तिशाली कै बर्चस्व हुने। नेपालको पछि कुद्ने कति होलान कुन्नी? भर्खरै आफ्नै कामले चीन पुगेकी मेरि एडभाईजरले १५ दिन सम्म ओलम्पिक हेरेर फर्किन र आज सोध्धै थीन कि नेपालले कति वटा मेडल जित्यो भनेर। के भन्ने खै। नेपालले सहभागी हुन पाउनु नै अंेरिकाले ३० वटा सुनको तक्मा पाउनु सरह हो भनेर पनि भन्न नमिल्ने।
पदक जित्ने गरि खेल मैदान सम्म खेलाडी पुर्याउन तिनवटा कुरा ख्याल गर्नु पर्छ। पहिलो हो खेलाडीको क्षमता। नेपालमा पनि खुबीवान खेलाडी जन्मिएका त होलान नि। जस्तो धेरै जनसन्ख्या भएको चीनमा त्यो सम्भावना धेरै हुन्छ। नेपालमा सम्भावना छदै नभएको त होइन। दोश्रो ति क्षमतावान खेलडी को पहिचान गर्न सक्नु पर्छ। नेपालको खेलकुद क्षेत्र नाताबाद र क्रिपाबादले ग्रस्त छ। आफ्नो मान्छे भएकै भरमा कम क्षमतावान लाई अगाडी ल्याउने चलनै छ। अनि तेस्रो कुरो प्रसिक्षणको हो। यसै त करिब मुलुक। यस्तो कुरामा कस्को ध्यान पुगुस र। बरु लाजै मर्दो गरि सात जना खेलाडी लगेर पैतिस जनाको टोली। अनि राजीनामा दी'सकेको मन्त्रि त खुसुक्क उतै। अझै समापन समापन समारोह मा त "नया नेपाल" का प्रधानमन्त्री प्रचन्ड पनि उतै हिडे बा। एुटै पदक जित्न सक्या होइन। के नाकले मुख देखाउने होला कुन्नी।
आशातित आखा ली खेल हेरिरहेका महानुभाबलाई नरमाइलो लाग्यो। हुनत सहभागी नहुन भन्दा हुन राम्रो। भैसके पछि पदक नजित्न भन्दा जित्न राम्रो। अरुको पोल्टा भरी पदकै पदक देखेर आरिस गरेर मात्रै के गर्नु र खै।
 
Read Full Discussion Thread for this article