"कस्तो मान्छे हो उ?" मेघनाले क्षितिजको कुरा प्रति ध्यान नदिई मलाई सोधी। उस्ले मेरा आँखामा सिधै हेरेर सोधेकी थिई यस पटक। उ गम्भीर देखिन्थी।
"खोजेर नभेटीने मान्छे हो नी उ त -- अब साथी कस्को?" मैले यत्तिकै भनें अनि सोधें "साँचि त्यो हल्दार तिम्रो दाई रे हो?"
उस्ले म तिर हेरी मैले तुरुन्तै हल्दारको असली नाम लिएर सोधें। उस्ले भनी "अँ पर्ने -- अनि त्यो खोजेर नभेटीने भन्या के?" मेघना अझै गम्भीर थिई।
"जस्ले जे भने पनि बाङ्गे मान्छे एकदम राम्रो छ, बाहीरको त सबैले देखेकै छ, म मनको पनि कुरा गर्दै छु" यस पटक मैले पनि गम्भीर भएर भनें। अब साथी त्यो पनि पक्का -- पर्या बेलाँ सिफारिस त गर्नै पर्यो नी।
मेघनाले हलुका मुस्कुराएर सोधी "म भर परम?"
"हुन्छ" मैले भनें। मलाई पनि रमाईलो लाग्यो। बाङ्गे कहाँ कुन बेला पुगम जस्तै भयो।
टंगाल स्कुलबाट अलिकति अगाडी बढे पछी मेघना उभीई। उस्को र हाम्रो बाटो छुट्टिन्थ्यो त्यहाँ। हामीलाई देब्रे लाग्नु थियो उस्लाई दाहिने।
"म बैनी भएको भए पनि भर पर्न हुन्थ्यो?" मेघनाको अनुहारमा फेरी त्यो मुस्कान थिएन। उस्ले प्रश्न मलाई गरेकी थिई।
****************************************************************************
"म बैनी भएको भए पनि भर पर्न हुन्थ्यो?" मेघनाको अनुहारमा फेरी त्यो मुस्कान थिएन। उस्ले प्रश्न मलाई गरेकी थिई।
"कस्को बैनी?" मैले सोधें।
मेघनाले उस्को चोर औलाले मेरो छातीमा छोई तर शब्दमा केही भनीन।
प्रस्ट थ्यो यदी उ मेरी बैनी भएकी भए के म उस्लाई बाङ्गेको भर पर्न भन्थें? उ यही जान्न चाहन्थी। जबाफ मलाई थाह थ्यो।
मेघनाले मलाई एकोहोरो हेरी रहेकी थिई। क्षितिज म सँगै थिई। मेरा मन-मस्तिष्कमा अनेक भावहरु एकसाथ उठे-- मैले मेघनाको आँखामा हेरेर भनें "निश्चित भन्दैन थिएँ --"
उदासीका भावहरु मेघनाका अनुहार भरी पोखिए तर उस्ले तुरुन्तै भनी "thankyou"।
म चुपचाप थिएँ।
"म आज देखी तपाईँलाई दाई भन्छु हुन्छ?" उस्ले उधारो हाँसो संगै मलाई सोधी।
क्षण कस्तो सम्बेदनशिल भए झैं लाग्यो मलाई। मन कस्तो कस्तो भयो।
"हुन त हुन्छ तर म तिहारमा दक्षिणा चै दिन्न नी" मैले बाताबरणलाई हलुका पार्न हाँस्दै भनें।
"मलाई दक्षिणा चाहिन्न, आशिर्बाद भए पुग्छ" यत्ति भनेर उ दाईने लागि। म किंकर्तब्यबिमुढ भएँ।
क्षितिजले म तिर हेरी अनि "जाँदै गरे हुन्छ-- म उ सँग जान्छु" भन्दै फटाफट मेघना तिर लागी। म एक छिन जाँदै गरेका उनीहरुलाई हेरेर त्यहाँ उभिईरहें अनि गर्हौ मनले बाटो लागें।
बाङ्गेको मित्रता, मेरो ईमान्दारी, मेघनाका प्रश्नहरु सबैले मलाई घेरी रहे। बाङ्गेकहाँ जाने बिचार त थ्यो तर जान मन लागेन। तै पनि जति जति उस्को घर नजिक पुगें जान मन लाग्न थाल्यो अनि भरखर मैले मेघनालाई के भनें त्यो पनि भनीदिन मन लाग्यो। अघि मेघना प्रति आफ्नो ईमान्दारीता निर्बाह गरें अब साथि प्रति गर्छु भन्दै म बाङ्गे कहाँ पुगें।
कोठामा चिया तान्दै बसीरा रेछ। म पुग्ना साथ, "क्या बेलाँ आईस ल -- म तँ काँ नै आउन ला थें" भन्यो।
"किन?" भन्या "एउटा मनमा आँधि ल्याउने प्रेम पत्र लेख्नु पर्यो, बुझिनस?" भन्यो।
"कस्लाई मेघनालाई?" मैले सोधें।
"मेघना हो कि जुनघना, जुलाईघना जे सुकै होस त्यस्को तँलाई के को पिर -- ल आईडिया झिक त के लेख्ने -- म तँलाई चिया भनेर आउँछु तल --"
भन्दै उ कोठाबाट निस्किन ला थ्यो मैले रोकें। अघि मेघना सँग भएको सबै कुराहरु सुनाएँ। उस्ले चुपचाप मेरो कुराहरु सुन्यो। म एकदम गम्भीर