Posted by: Geology Tiger August 16, 2008
बेश्याको डायरी
Login in to Rate this Post:     0       ?        

 

साझाको वेबपेज खोल्दा धेरै चोटि "बेस्याको डायरी" मेरो आँखामा ठोकिन आईपुग्थ्यो तर कुनै सस्तो यौनकाहानीले भरिएको कथा होला भनेर मत्लबै गरिन। तर पटक पटक यो कथामा साथीहरुको प्रतिकृया आईरहेको चाँही देखी रहन्थे। हिजो चाँही अती भयो एक चोटि हेर्नै पर्‍यो भनेर "नक्कली केटीको" यो कथा पढ्न बसे। तर कस्तो अचम्म! मैले सोचे भन्दा धेरै फरक, धेरै गहिरो र यथार्थबादी कथा पाए। केटीको कथा सललल बगेको छ, कतै केही बिझाउदैन। शब्दचयन र भाबको प्रस्तुती बिचमा बेजोडको मेल छ। एउटा बेस्याको मनोदशा चित्रण गर्न केटी वास्तवमै सफल भएकी छिन "म ड्नरङ्र बिपनाको धरातलमा पछारीएँ। सपना र बिपना बीचको गहीराइ कती धेरै रहेछ भन्ने थाहा पाएँ। त्यती माथिबाट थचारीए म तर उस्ले पत्तै पाएन।  उस्को अनुहार अझै उज्यालो थीयो। म निसब्द भए। कती सजिलै उस्ले उ र म बिचको भिन्नता अभास गरायो।"।


केटीलाई शुभकामना!

 

Last edited: 16-Aug-08 11:31 AM
Read Full Discussion Thread for this article