Posted by: Rahuldai August 15, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

त्यो मन्दिर पाटन को महाबौद्ध को मन्दिर को शैलिमा अर्थात शिखर शैलिमा बनेको संभवत त एक मात्र शिवजी को मन्दिर हो। भित्र शिव लिङग छ तर नन्दी भिङ्री कोइ छैनन। बनाउने लाई नै थाहा थियो होला- कालान्तरमा यहाँ म: म: पसल र चिया पसल हुने छ र अनिगिन्ती नन्दीहरु बस्ने छन मन्दिर वरिपरि भनेर। कसले बनाएको हेक्का छैन, तर मल्ल कालिन हो कुनै शंका छैन।
कष्ठमाण्डप को निर्माण ताका बनेको हुनु पर्छ, मेरो अनुमान हो।

 

Read Full Discussion Thread for this article