Posted by: Deep August 8, 2008
शृंखला
Login in to Rate this Post:     0       ?        

यस्तै एक बर्ष जति भयो होला -- काममै थिएँ बिजय दाईको फोन आयो।

 

यसो भला कुसारी पछि उनले सोधे "यो विकेण्ड फुर्सद छ तेरो?"

 

"किन ?" मैले सोधें।

 

"रबीनहरु आईराछन यहाँ, तँ काँ पठाईदिनु पर्यो। उनीहरु पनि जाने भन्दै थिएं, डिल पनि गज्जबको भेट्या छु। पठाईदिम?" उनले भनें।

 

बिजयदाई भन्या मेरो मामाका छोरा हुन, मिड वेस्ट तिर बस्या छन घरजम गरेर। मैले उनलाई सोधें "को रबीन भन्या?"

 

"ल, रबीन --बिर्सिस? मेरो सानीमाको छोरा के --- हामी कहाँ आउँदा भेट भा थुप्रै चोटी--" उनले सम्झाए।

 

"ए -- अँ अँ चिन्छु रबीनलाई किन नचिन्नु -- हुन्छ पठाईदिनु --"

 

"उस्को बुढीले तँलाई पनि राम्रै चिन्ने रैछ--" बिजयदाईले सुनाए।

 

"ए ब्या पनि गरीसक्यो रबीनले? अनि उस्को बुढी को नी?" मलाई पनि चिन्न मन लाग्यो।

 

"अब त्यै आए पछि चिनी हाल्छस नी -- यहाँ टिकट किन्दिनु पर्यो, फेरी उम्केला --" उनी टिकट तिर लागे।

 

"हाम्रो नातेदार कोइ बे गर्या हो रबीनले?"  मैले सोधें।

 

"हैन --- त्यसो अब रबीनले बे गरे पछि नातेदार भै हाली नी --" उनले हाँसेर भनें--"

 

"को ?" मैले फेरी सोधें।

 

"उस्ले---- भन्या  ब्वारीले चैं नभन्नु भन्या मलाई --सरप्राईज रे क्या सरप्राईज " बिजयदाईको हाँसो राम्रै सुन्थें।

 

गफ लाई देका होलान -- मैले आफैलाई भनें। हावा गफ दिनमा खप्पिस थिए पहिला देखि नै -- आफु औसी जस्तो भए नी पुर्णीमा जस्ति श्रीमती भेट्टाए नी -- आफैलाई सम्झाउँदै थिएँ।

 

कुरा त्यतिकै सकियो।

 

को रे मलाई चिन्ने? फोन राखे पछि धेरै बेर सोचें। को हो को?

 

अब रबिनको सालो, जेठान, ससुरा जस्ता जुँगे टोलीले चिन्ने रे छन तँलाई भनेर बिजयदाईले भन्या भए खासै मतलब हुन्न थ्यो होला मलाई तर रबिनकी श्रीमतीले चिन्ने भन्या भएर होला मनमा घाम अलि चर्कै लाग्या थो।

 

त्यसपछि फेरी काममा ब्यस्त भैयो।

 

काम सकिए पछि घर जाँदा सोचेँ पत्ता लाउन के गार्हो ? मामाघरमा एक चोटी फोन गरे पुग्छ, माईजुलाई सोधे थाह भै हाल्थ्यो। नभए बाङ्गेलाई पत्ता ला भने पछि तु गर्थ्यो। पत्ता लगाउन केही गार्हो थिएन।

 

बिजयदाईलाई नै सोधे पनि हुन्थ्यो। तर फेरी बिचार आयो--भैगो किन पत्ता लगाउन पर्यो--बिजयदाईले भन्या जस्तो साँच्चि नै रे  भनें यहीँ आए पछि थाह भै हाल्छ नी -- मैले पत्ता नलाउने बिचार गरें, तर मनले को होला भनेर सोध्न छोडेन -- दिमागमा अलि अलि मान्छेको नाम हैन ---

 

घरमा राती फेरी बिजयदाईको फोन आयो उनले टिकट किन्दीए रे भनेर --- मैले कति बजे जाने एअरपोर्टमा लिन भनेर सोध्या पर्दैन लिन जान-- उनीहरुले गाडी रेन्ट गरेर आउँछन---तँ काँ आईपुग्दा यस्तै बज्छ होला नी :३० जति -- बेलुकाको -- मेरो जि पि एस दिन्छु -- तेरो ठेगाना त्यस्मै बिजयदाई ले भनें।

 

यस पटक रबिनको श्रीमतीको कुरा मैले उठाएँ उनले। राम्रै भयो। तर पछि निन्द्रा भाँडिन खोजेको थ्यो मैले "अर्का स्वास्नीको नाममा भाँडिनु राम्रो बानी होईन" भनेर बल्ल बल्ल सम्झाएँ।

 

भन्नै पर्दैन होला मलाई रबिनहरु कहिले आईपुग्लान जस्तै भा थ्यो। यहाँ रबिन भन्दा पनि हरुमा थ्यो जे थ्यो। हुन रबिनलाई राम्रो सँग चिन्छु। नेपालमा हुँदा बेला बेला भेट हुन्थ्यो। प्राय: जसो मामाघर जाँदा भन्या बिजयदाई कहाँ हुन्थ्यो भेट। मान्छे अलि पढन्ते थियो रबिन। चुरोट तान्न सिकाको हामीले नै हो भन्दा हुन्छ। गुन देख्दै अझै कि बिर्स्यो कुन्नी। बियरको स्वाद तितो भो रे भन्दै यस्तो कुईया झोल नी खान्छ कोई भन्थ्यो----- त्यहाँ बाट सुरु गराएर "अलि चिssssssssसो पार्नु पर्छ--बियर जत्ति चिसो भो उती -- " भन्ने सम्ममा पुर्याईयाथ्यो उस्लाई-- पछि उ  दखिन भारत तिर लाग्यो क्यारे अनि आफु पनि भास्सिईयो परदेश। त्यस पछि भेट भाको थिएन।

 

डिनर देशीको रेस्टुरेन्टबाट भित्र्याएँ। पकाउन भने पछि अल्छि लाग्ने आफुलाई। ८:१५ तिर फोन आयो रबिन को एअरपोर्टबाट आईपुगियो भनेर।

 

बियर र वाईन पनि तयार थिए। चुरोटको खपत निक्कै कम गर्या थें आफैले त्यति बेला र पनि थ्यो एक बट्टा।

 

९ बजे देखि नै जुन मोटर आए नी आए कि जस्तो लाग्न थाल्या थ्यो। बेला भएकै थिएन। एअरपोर्ट बाट मज्जाले एक घण्टा लाग्थ्यो म कहाँ आईपुग्न। कैले काहीँ त झण्डै डेढ घण्टा पनि लाग्थ्यो।

९:३५ जति भएको थ्यो। मिनेट मिनेटमा घडी हेर्दै थिएँ अनि के त नी। गाडी आयो अनि त्यै बेलाँ फोन पनि। रबिनले भन्यो "हामी आईपुगिम"। म झ्यालबाट हेर्दै थिएँ। दुई जना ओर्लिए मोटरबाट। बिजयदाईले लट्टे देको हैन रे छ -- ओर्लिनेमा स्त्री र पुरुषको जोडी थ्यो। म स्वागतको लागि हतार हतार ढोका तर्फ बढें।

---

 

[को होला केटी रे? गेस त गर्नु हुन्थ्यो मिल्दैन होला र पो त-- :)  ]

 

Read Full Discussion Thread for this article