Posted by: Rahuldai August 6, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
 

रातो मच्छिन्द्र नाथ र कर्कोट नाग को कथा।

उपत्यकामा लामो समय सम्म पानी न परेकोले खद्यान्न अभाव भै झन्डै इथियोपिया र सुडान हुन लागेको थियो। गोरखनाथ भन्ने असिद्धी बाबाले नागहरु लाई आसन बनाइ बसेकोले पानी न परेको भन्ने जाँच बुझ आयोग को ठहर् पछी गोरखनाथ बाबालाई सरकार , नागरिक समाज, एन जि ओ तर्फबाट अनेक अनुरोध गरे। ज्ञापन बुझाए। तै पनि टेरेनन गोरखे ले। एक हातमा त्रिशुल अर्को हातमा चिलिम। ज्ञापन स्यापन लाई बाल दिएनन । टायर् बाले, चक्का जाम गरे, तोड्फोड गर्दा नि प्रधान मन्त्रिको कुर्सी झै गरेर नागहरुको आसन छोड्दै छोडेनन।

अनी हाम्रो देशमा ३ दल मिले जस्तो काठमाडौ  भक्तपुर अनी पाटन मिलेर गोरखनाथ लाई जसरी भए नि उठिबास लगाउने निर्णय गरे। लामो रि-सोच पछी दुष्ट छिमेकी देशको आसाम प्रान्तको कामरु कामाक्ष भन्ने ठाउंको राक्षस राजका कान्छा राजकुमार् मच्छिन्द्र नाथ लाई उपत्यका ल्याउने पिलान बनाए। मच्छिन्द्रा नाथ गोरखनाथका नि नाथ भएकोले गोरखे त के तिनका बाउ घोरखे पनि उठ्नै पर्ने हुन्थ्यो।   यो अचुक मन्त्र ले पुन: प्रजातन्त्र ल्याउने सोचमा भक्तपुरका राजा नरेन्द्र देब, काठमाडौका तान्त्रिक बन्धुदत्त आचार्य र पाटनका किसान ललित थानकोट भञ्ज्याङ हुँदै कामाक्ष तिर लाग्दा भए।


थानकोट लाग्ने क्रममा हनुमाढोकामा सामुहिक बिदाइ  तथा शुभकामना कार्यक्रममा तिनै जना ले शगुन को अयला पुग्ने गरी पिइ सकेका थिए। गाजाबाजा सहित् को  लावा लस्कर ले टेकु   निर को किल्लाको द्वार् सम्म पुर्‍याए। सोल्टी मोड निर एक जना जड्याह टन्न धोकेर बाटो छेकिने गरी सुती राखेको देखेर राजा नरेन्द्र देब को ब्लड प्रेशर बढ्यो।


 " राजा को सवारी अगाडि यस्तरी बेसोमती ताल ले बस्ने को हो?" तुरन्तै कारबाही गर्छु यसलाई , नख्खु जेलमा थुन्छु।" राजा ले कण्ठ भए जति अपशब्द प्रयोग गरे।
तर आश्चर्य त्यो मात्तिएको मान्छे मान्छे थिएन, मान्छेको रुपधारि कर्कोट नाग राजा थिएं। अपशब्द को अपमान सहन न  सकी आफ्नो असली नाग को रुप त्यो पनि अजङ को १०८ मिटर लामो र ३ मिटर गोलाई को। राजा को नित्य कर्म त्यही भयो। जाबो सानो सिक:फ्याँचा ( rat snake) देखी त त्राहिमाम त्राहिमाम हुने बहादुर राजाले अजङको नाग देखे पछी त के भयो होला आँफै बिचार  गर्नुस्।
आचार्य बन्धु दत्त ले आफ्नो तन्त्र शक्ती र युक्तीले चरम रीसले आगो भएका नागलाई क्रमश चिस्याइ दिए।


"प्रभु को लीला अपरम्पार छ। प्रभु कै भक्त हौं हामी। हामीले चिन्न सकेनौं। माफ पाउ ख्वामित, माफ पाउं।"


आचार्यको चिप्लो घसाइ बाट नाग पनि प्रभाबित भए।

"प्रभू, हजुर त कती शक्तिशाली, मान्छे बाट एकै चोटि भिमकाय नागदेबतामा रुप फेर्नु भयो, अब हामीलाई हजुरको सानो रुप को पनि दर्शन दिनु भए यो जुनि  धन्न हुने थिएं।"


नभन्दै नगरजाले आफ्नो आकार लाई सानो बनाए १० मिटर को। प्रभू यो भन्दा नि सानो रुप हेर्न पाए भन्दै फुर्काउन थाले। लाटो नाग पनि फुर्काइ मा सानो सानो हुँदै गए। जब झुस्ले किरा जत्रो आकार मा परिणत भए, आचार्यले टपक्क टिपेर खैनी बट्टामा हालेर त्यहाबाट लाग्दा भए। 
  
 

क्रमश:

Read Full Discussion Thread for this article