Posted by: Rahuldai August 6, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

रातो मच्छिन्द्र नाथ र कर्कोट नाग को कथा।

उपत्यकामा लामो समय सम्म पानी न परेकोले खद्यान्न अभाव भै झन्डै इथियोपिया र सुडान हुन लागेको थियो। गोरखनाथ भन्ने असिद्धी बाबाले नागहरु लाई आसन बनाइ बसेकोले पानी न परेको भन्ने जाँच बुझ आयोग को ठहर् पछी गोरखनाथ बाबालाई सरकार , नागरिक समाज, एन जि ओ तर्फबाट अनेक अनुरोध गरे। ज्ञापन बुझाए। तै पनि टेरेनन गोरखे ले। एक हातमा त्रिशुल अर्को हातमा चिलिम। ज्ञापन स्यापन लाई बाल दिएनन । तयार बाले, चक्का जाम गरे, तोड्फोड गर्दा नि प्रधान मन्त्रिको कुर्सी झै गरेर नागहरुको आसन छोड्दै छोडेनन। अनी हाम्रो देशमा ३ दल मिले जस्तो काठमाडौ  भक्तपुर अनी पाटन मिलेर गोरखनाथ लाई जसरी भए नि उठिबास लगाउने निर्णय गरे। लामो रि-सोच पछी दुष्ट छिमेकी देशको आसाम प्रान्तको कामरु कामाक्ष भन्ने ठाउंको राक्षस राजका कान्छा राजकुमार् मच्छिन्द्र नाथ लाई उपत्यका ल्याउने पिलान बनाए। मच्छिन्द्रा नाथ गोरखनाथका नि नाथ भएकोले गोरखे त के तिनका बाउ घोरखे पनि उठ्नै पर्ने हुन्छ। यो अचुक मन्त्र ले पुन: प्रजातन्त्र ल्याउने सोचमा भक्तपुरका राजा नरेन्द्र देब, काठमाडौका तान्त्रिक बन्धुदत्त आचार्य र पाटनका किसान ललित थानकोट भञ्ज्याङ हुँदै कामाक्ष तिर लाग्दा भए।

क्रमश:
 

Read Full Discussion Thread for this article