...
"म बैनी भएको भए पनि भर पर्न हुन्थ्यो?" मेघनाको अनुहारमा फेरी त्यो मुस्कान थिएन। उस्ले प्रश्न मलाई गरेकी थिई।
"कस्को बैनी?" मैले सोधें।
मेघनाले उस्को चोर औलाले मेरो छातीमा छोई तर शब्दमा केही भनीन।
प्रस्ट थ्यो यदी उ मेरी बैनी भएकी भए के म उस्लाई बाङ्गेको भर पर्न भन्थें? उ यही जान्न चाहन्थी। जबाफ मलाई थाह थ्यो।
मेघनाले मलाई एकोहोरो हेरी रहेकी थिई। क्षितिज म सँगै थिई। मेरा मन-मस्तिष्कमा अनेक भावहरु एकसाथ उठे-- मैले मेघनाको आँखामा हेरेर भनें "निश्चित भन्दैन थिएँ --"
उदासीका भावहरु मेघनाका अनुहार भरी पोखिए तर उस्ले तुरुन्तै भनी "thankyou"।
म चुपचाप थिएँ।
"म आज देखी तपाईँलाई दाई भन्छु हुन्छ?" उस्ले उधारो हाँसो संगै मलाई सोधी।
क्षण कस्तो सम्बेदनशिल भए झैं लाग्यो मलाई। मन कस्तो कस्तो भयो।
"हुन त हुन्छ तर म तिहारमा दक्षिणा चै दिन्न नी" मैले बाताबरणलाई हलुका पार्न हाँस्दै भनें।
"मलाई दक्षिणा चाहिन्न, आशिर्बाद भए पुग्छ" यत्ति भनेर उ दाईने लागि। म किंकर्तब्यबिमुढ भएँ।
क्षितिजले म तिर हेरी अनि "जाँदै गरे हुन्छ-- म उ सँग जान्छु" भन्दै फटाफट मेघना तिर लागी। म एक छिन जाँदै गरेका उनीहरुलाई हेरेर त्यहाँ उभिईरहें अनि गर्हौ मनले बाटो लागें।
बाङ्गेको मित्रता, मेरो ईमान्दारी, मेघनाका प्रश्नहरु सबैले मलाई घेरी रहे। बाङ्गेकहाँ जाने बिचार त थ्यो तर जान मन लागेन। तै पनि जति जति उस्को घर नजिक पुगें जान मन लाग्न थाल्यो अनि भरखर मैले मेघनालाई के भनें त्यो पनि भनीदिन मन लाग्यो। अघि मेघना प्रति आफ्नो ईमान्दारीता निर्बाह गरें अब साथि प्रति गर्छु भन्दै म बाङ्गे कहाँ पुगें।
कोठामा चिया तान्दै बसीरा रेछ। म पुग्ना साथ, "क्या बेलाँ आईस ल -- म तँ काँ नै आउन ला थें" भन्यो।
"किन?" भन्या "एउटा मनमा आँधि ल्याउने प्रेम पत्र लेख्नु पर्यो, बुझिनस?" भन्यो।
"कस्लाई मेघनालाई?" मैले सोधें।
"मेघना हो कि जुनघना, जुलाईघना जे सुकै होस त्यस्को तँलाई के को पिर -- ल आईडिया झिक त के लेख्ने -- म तँलाई चिया भनेर आउँछु तल --"
भन्दै उ कोठाबाट निस्किन ला थ्यो मैले रोकें। अघि मेघना सँग भएको सबै कुराहरु सुनाएँ। उस्ले चुपचाप मेरो कुराहरु सुन्यो। म एकदम गम्भीर थिएँ। मैले मेरा कुराहरु सुनाए पछि उस्को कोठाबाट निस्किएँ। उ त्यही उभीरा थ्यो। मेरो मन केही हलुका भयो।
दिन भरी त्यही बिहानको कुरा मनमा आईरह्यो।
साँझ तिर बाङ्गे आयो। म कौसीमा एक्लै थिएँ। उ आएको मैले कौसीबाट देखेको थिएँ।
के भन्ने सुरमा आयो -- ट्वाँट स्वाँट पनि लार आ छ कि भन्ने पिर पनि लाग्यो।
कौसीमा आउने बित्तिकै उस्ले म तिर हेरेर हाँस्दै सोध्यो "के छ त जेठान हालखबर?"
मलाई पनि हाँस उठ्यो। मनको बोझ हटयो।
दुई चार दिन सम्म यसो उसो गर्यो साथिहरुलाई बाङ्गे "मेरो पनि लभ पर्न ला थ्यो जेठानले खत्तम गर्यो" भन्थ्यो। अरुहरुले कुरा बुझेका थिएनन, थप्थे "हो त खत्तम गर्ने भनेकै कि त जेठानले कि त ससुराले त हो"
ए अनि साँची, मेरो र शहीदको सम्बन्धमा पैरो गा थ्यो। शहीदले बाङ्गेलाई "दीपले धोका दियो" भन्थ्यो रे-- अनि बाङ्गेले झन "के को धोका बाउ, तेरो घराँ भाडाँ बस्यो रे कोई भन्दैमा उस्को मनको मालिक पनि तैं हुन्छस र? घर पो तेरो मन त उसकै हो नी -- आफ्नै घराँ बसेकीलाई त अर्कैले लग्देछ अब अर्का घराँ बसेकीलाई तैले के भ्याउँथिस-- भन्या मान-- यो लभ सभ बाट सन्यास ली" भनेर हिन्देछ।
*******
समयको प्रवाह थ्यो क्षितिज र मेरो सम्बन्धको साक्षि। उ संग बिताएका पलहरुले बिताउन नपाएका पलहरुलाई सजाउँथे। उस्ले त्यो किताब पछि पनि धेरै पटक शब्दहरुमा उस्ले साथै हुँदा बयान नगरेका या गर्न नसकेका देखि लिएर बयान गरेका तर अझै अरु भावहरु समेटेर लेखेका उपहारहरु म सँग थिए त्यै पनि त्यो साँझ दिएको किताब मलाई धेरै प्रिय थियो। त्यो किताब भरी उ नै उ थिई। त्यहाँ म उस्लाई स्पर्स गर्थे अनि उस्का स्पन्दन सुन्थें। जिन्दगी रमाईलो थ्यो।
********
केही समय पछिको कुरा हो एउटा साँझ सत्तेनारनथान पछाडी बाङ्गे र म चुरोटको धुबाँ उडाउँदै थिम, उस्ले अचानक सोध्यो "तँ क्षितिजलाई बे गर्ने हो?"
"किन र अब पुरेतको काम पनि सुरु गरीस?" मैले सोधें।
उस्ले केही भनेन। मैले फेरी सोधें -- "तँलाई पनि क्षितिजले दाई बनाई कि क्याहो?"
उस्ले एउटा चुरोट सल्काएर मलाई दियो अनि "ल यो सबै तानेर घर जा" भन्दै उ हिन्यो। म त्याँ एक्लै थिएँ।
***********
....
शृङ्खलाको क्रम सकिएको छैन। ....