Posted by: dipika02 August 6, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        
अन्तिम भाग ....
 
निरन बोझिलो मन लिएर बाहिर निस्क्यो। रक्सी को मात अली अली लागेकै थियो, रिस पनि उठेको थियो। कता जान लागेको उसैलाई थाहा थिएन। गाडी लिएर उ सबै भन्दा मिल्ने साथी बिशाल को डेरामा पुग्यो।
 
बिशाल खाना बनाउदै रहेछ, निरन चुपचाप आँखा बन्द गरेर सोफामा पल्ट्यो। निरनको अनुहारमा उदासिनताका  रेखाहरु  बिशालले देख्यो तर केही सोधेन। बेला बेलामा निरनलाई हेर्दै थियो बिशाल तर निरन सोफामै सिथिल अनी अचल भएर पल्टिरह्यो। निरनको मनमा  चलेको आँधिबेरी बिशालले कल्पना पनि गर्न सक्दैनथ्यो। निरन र बिशाल धेरै बर्ष सँगै बसेका थिए। बिशाललाई निरनको बानी थाहा थियो। निरन यसै पनि गम्भिर मिजासको मान्छे थियो र उस्को कुराहरु खासै अरुलाई थाहा हुँदैन थियो। जती पिर पर्‍यो, उती मौन हुन्थ्यो निरन र त्यो पनि बिशाललाई थाहा थियो।
 
"सपना खोइ निरन? एक्लै आईस नि" ---बिशालले सोध्यो।
 
"घरमै छे सपना" ---निरनले आँखा बन्दै राखेर उत्तर दियो।
 
त्यसपछी निरन जुरुक्क उठ्यो र फ्रिज खोल्यो। बियर निकाल्यो र केही नबोली एकछिनमै त्यो सिध्यायो। बिशाल उस्लाई हेरिरह्यो। बिशाललाई लाग्यो जे उस्ले सोचेको थियो, त्यही सत्य हो। निरनले फेरी अर्को बियर को सिसी निकाल्यो। भुइमा राखेको गलैचालाई घोरिएर हेरिरह्यो। मनमा धेरै कुराहरु खेलिराखेको थियो, उस्ले त्यो गलैचा हेरिमात्र रह्यो तर देखेको  केही थिएन। 
 
बिशालले केही कुरा बुझ्यो र केही बोलेन। खाना पकाउदै थियो, खाना पनि पाक्यो।
 
"आ खाना खान" ---बिशाल ले बोलायो।
 
"मैले खाएरै आएको हो, तँ खा "---निरनले ढाट्यो। तर उस्लाई खान मन पनि थिएन।
 
बिशाल गएर अर्को सोफामा बस्यो। एक्छिन निरनलाई हेरिरह्यो र सोध्यो "सपना सँग झगडा गरेर आइस कि के हो?"
 
"अँ अलिअली किच्किच पर्‍यो"---निरनले त्यती मात्रै भन्यो। उस्ले कुरालाई बढाउन खोजेन। बिशालले त्यो बुझ्यो र उठेर खाना खान थाल्यो। निरनले अरु चार बोतल जती बियर पियो, अनी बल्ल उस्को आवाज निस्कन थाल्यो।
"कस्तो वाइयात जिन्दगी भो यार न आफु खुशी हुन सकेँ  न स्वास्नीलाइ नै खुशी दिन सकेँ "
 
बिशाल छक्क परेर हेरिरह्यो। निरन त्यसरी आफ्नो कुराहरु भन्ने मान्छे होइन र अझ श्रीमतीको कुरा निकाल्नु भनेको त अचम्मकै कुरा थियो।
 
"तैले धेरै पीइसकिस। अहिले सुत भोली कुरा गरौला"---बिशाल ले भन्यो।

"अहिले पनि यही हो। भोली पनि यही हो। बाचुन्जेल यही हो। मरे पछी लाश हो। " ---नशाले मातिएको सुरमा निरनले हाँस्दै भन्यो।

"सपनालाई थाहा छ तँ यहाँ आएको कुरा?"---कुरा बुझ्न खोज्दै थ्यो बिशाल।

"मलाई आँफैलाई त थाहा थिएन म कहाँ जान्छु भनेर, उस्ले के थाहा पाइ होली र?"---फेरी उही तालमा बियरको सिसी कुना तिर मिल्काउदै  निरनले भन्यो।
 
"तँ गएर सुत जा। म फोन गरिदिन्छु तँ यहाँ छस भनेर"---निरनले मिल्काएको बोतल उठाउदै बिशाल ले भन्यो।
 
"सुतेर पनि के गर्ने? फेरी भोली उठ्नु पर्छ। बरु उठ्नै नपर्ने गरेर सुत्न पाए हुन्थ्यो"--- हल्लिदै कोठातिर लाग्दै निरनले भन्यो।

बिशाल ले उस्लाई हेरिरह्यो। "त्यस्तो हरेस खाने मान्छे त यो होइन, शायद सपना सँग झगडा परेर होला"--- बिशालले मनमनै सोच्यो र सपनालाई फोन गर्‍यो। सेल फोन थिएन सपना सँग त्यसैले ल्यान्ड लाइनमा गर्‍यो। फोन उठेन। उस्ले खबर मात्रा छोडिदियो, निरन उ सँग छ पिर नगर भनेर।
 
निरन को ढोका खुल्यो। "तँ उठिस"---बिशाल ले भन्यो। बिशालको स्वर ले झर्सँग भयो निरन र फेरी आफ्नो बर्तमानमा आयो। 
 
*********************************************************************************
 
"म चिया बनाउदै गर्छु"---बिशाल ढ्याम्म ढोका लगाएर बाहिर निस्क्यो।
 
निरनलाई हिजो को आफ्नो व्यबहार देखेर आफु प्रती नै घ्रिणा लाग्न थाल्यो। अनेक कुराहरु मनमा खेल्न थाले।
 
"मैले हात उठाउन नहुने थियो। त्यसरी उस्लाई राती एक्लै छोडेर हिंड्न नहुने थियो। बिचरी सपना न कतै एक्लै जान सक्छे। मैले उस्को सुरक्षाको जिम्मेबारी लिएपछी त्यसरी रातिको समयमा असुरक्षित छोडेर हिंड्न नहुने थ्यो। रातभरी कती डराइ होली। कहिले त्यसरी उ रिसाएकी थीइन। शायद लिया सँग बोलेको उस्लाई धेरैनै नराम्रो लागेको थ्यो होला। उस्को ठाँउमा म भएको भए मलाई पनि रिस उठ्थ्यो होला। उ त म भन्दा सानी छे। मैले बुझाउनु पो पर्थ्यो त्यसरी छोडेर हिंड्न नहुने थ्यो। म कता गएँ भनेर कती पिर गरी होली। मैले पनि आजकाल समय दिएको छैन। दिनभरी मलाई नै कुरेर बस्छे र म घर आएपछी कती फुरुङ पर्छे। साना तिना पिर त सबैलाई हुन्छ तर मैले त्यस्तो पशु जस्तो व्यबहार गर्न नहुने थ्यो। मेरो लागि सर-संसार छोडेर आएकी छे बिचरी। आखिर म बाहेक उस्को अरु को नि छ र? मेरो हात कसरी उठ्यो? म कसरी त्यस्तो मुर्ख भए एक कमजोर माथि हात उठाउन। मैले शब्दहरुले नै पनि त उत्तर दिन सक्थे"---उस्को मनले झन झन बिद्रोह गर्न थाल्यो। अन्तरआत्माले उस्लाई गाली गर्न थाल्यो।  
 
"अब देखी त्यस्तो कहिले गर्दिन। कहिले हात उठाउदिन। सपना सँग एक चोटिलाई माफि माग्छु। एक चोटि भूल भयो म बाट तर अब कहिले त्यो दोहोराउदिन"---आफै सँग प्रतिज्ञा गर्‍यो निरनले। उस्को मन निकै नै बोझिलो भईरहेको थियो।  
 
बाहिर निस्क्यो। बिशालले चिया दियो। दुबै जना चिया पिउदै थिए र चुप थिए।
 
"यहाँबाट सिधै घर जान्छस"---बिशाल ले सोध्यो।
 
"अँ" ---छोटो जवाफ दियो निरनले।
 
"सपनालाई हिजो फोन गरेको, उठेन त्यसैले भोईस मेलमा खबर छोडेको थिएँ तँ यही छस भनेर"--- बिशाल ले भन्यो।
 
निरन केही बोलेन। आफ्नो कृयाकलाप प्रती पछुताइरहेको थ्यो निरन। दुबै जना मौन भए। चिया सिद्धियो र निरन जुरुक्क उठ्यो।
 
"ल बिशाल म जान्छु। सपना पिर गरिराकी होली"---यती भन्दै जुत्ता लगाएर बाहिर निस्क्यो निरन।    
 
निरन बाटो भरी सपनालाई सम्झिरह्यो र कती खेर घरमा पुगेर उ सँग माफि माँगु जस्तो भएको थियो। घर पुग्यो, ढोका लक गरेकै रहेनछ। जस्तो उस्ले हिजो राती ढ्याम्म लगाएर हिंडेको त्यस्तै थियो, भित्र छिर्यो। सपना भुइमा लम्पसार परेर लडिरहेकी थीइ। कन्चेटबाट रगत को धारो बगेर भुइ रगताम्य भएको थियो, निरन आत्तियो।
 
उस्ले हिजो आबेगमा आएर गालामा चड्काउदा सपना रन्थन्नी सकेकी थीइ र झन उस्ले हुत्याइदिदा सपना धर्मरिदै सोफामा लड्न पुगी। टाउको गएर सोफा को छेउमा राखेको टेबलमा बज्जारियो। त्यस्को धारिलो टुप्पमा कन्चेट पर्‍यो। सपना त्यही ठहरै भई। निरन त आबेगमा आएर ढोका ढ्याम्म लगाएर बाहिर निस्किहाल्यो र सपना लडेकी थाहा पनि पाएन।     
 
सपनाको द्रिसय देखेर निरन बेहोस झै भयो।

"सपना"...... "बाबा के भयो?"....."सपना आँखा खोलन"....."सपना"----सपनालाई आफ्नो काखमा राखेर   निरन बेहोसी मै चिच्च्याउदै थियो।
 
"सपना"......"सपना"......"बाबा मलाई हेरन"....."कती रगत बगेछ"...... "सपना"....."मेरो बाबा"----सपनाको गाला थप्थपाउदै उस्लाई उठाउने प्रयत्न गरिरह्यो, सपनालाई बोलाइरह्यो।         
 
सपनालाई आफ्नो काखमा राखेर रगतले लत्पत्तिएको सपनाको टाउको आफ्नो मुटुमा टाँस्यो। सबैतिर अध्यारो लाग्न थाल्यो। आफु पनि सपनाको रगतमा भिजेको थियो। दिमाग शुन्य थियो। पुलिसलाई (911) फोन गर्‍यो। 
 
"May I know your emergency ?"---उता बाट केटा मान्छेको स्वरमा प्रश्न आयो।  
 
"My wife is dead?"---लाश झै भएको थ्यो निरन र बेहोशिमै भन्यो।
 
"Sir, can I have your address?"---अझ नरम स्वरमा उता बाट प्रश्न आयो।
 
निरन केही बोलेन। आवाज आइरहेको थियो तर निरनले केही बुझेन।
 
"बाबा मलाई माफ गरिदेउ। म कहिले तिमीलाई छोडेर कतै जान्न। तिमी पनि नजाउ। एक्चोटी आँखा खोल। म बाट त्यो भुल अब कहिले हुन्न। मलाई यती ठुलो सजाय नदेउ" ---निरन बर्बराइरहेको थ्यो। सपना सिथिल झै उस्को काखमा सुतिरहेकी थीइ। उनिहरुको सम्बन्ध तास को महल झै एउटा सानो हावाको झोँका ले नै तहस नहस बनायो।  टाढा बाट पुलिसको गाडी को साइरन बज्न थाल्यो। आवाज झन झन नजिक हुँदै थियो र जती नजिकियो आवाज उती नै सुन्यतामा निरन बिलाउदै गयो।
 
समाप्त  
Read Full Discussion Thread for this article