Posted by: sajhabusaima August 6, 2008
Need Donation to Build Library In Eastern Chitwan
Login in to Rate this Post:     0       ?        

सामाजिक चेतना

समाजिक रुप मा जन चेतना को आवस्यकता, बढदो गरिबि र  संस्क्रिति र धर्ममा भैरहेको अन्तराष्ट्रियकरणका प्रभाव ले हामि, हाम्रो समाज र बाल बालिकालाइ पनि प्रभाब पार्दैछ गएको छ र  त्यसका साथ चल्नका लागि गाँउ को हरेक मानिसलाइ शिक्षित बनाइनु जरुरि भैसकेकोछ। यस कार्य अन्तर्गत गाँउ का पढेका हरेक भाइ बहिनि लाइ सामेल गराइने छ, आमा, बुवा, दिदि, दाजु लाइ पढन र लेख्नका लागि ऊनिहरुलाइ बिशेष शिक्षक (प्रसनल टिचर) बनाएर सामाजिक दाइत्व दिइने छ साथमा उनिहरुलाइ पनि स्वास्थ सल्लाहा, सफा सुघ्घर सम्बन्धि सिक्ष दिइनेछ। जसले गर्दा हरेक भाइ बहिनेले आफ्नो क्षमता र प्रतिभा देखाउने मौका पाउनेछन् भने अभिभावक ले सजिलै सिक्न सक्ने छन् । जसमा गाँउ भरि रहेका मध्ये बाट हरेक पटक मा १५-२० जना अभिभावक लाइ छानेर नेपालि, गणित, स्वास्थ, अंग्रेजि, ब्यबासायिक सिक्षा र साधारण कम्प्युटिङ तालिम दिइने छ, जसलाइ तालिम सकिए पछी ब्यबसाय मा लाग्न गाँउ भरि रहेका स्वयं सेबक हरुले साथ दिने छन भने गाँउ बाट उठाएरनै लगानि गरिने छ।  

यसले गर्दा हरेक अभिभावक लाइ ब्यबसाय गर्दा ब्यबहारिक रुपमा आवस्यक पर्ने साधारण नेपालि, गणित, स्वस्थ, अंग्रेजि, र कम्प्युटर शिक्षा सजिलो र सर्भ सुलभ तरिकाले पुर्याउन सकिनेछ भने गाँउ मा ब्यबसाय बढने र गरिबि घटन मा केहि टेवा मिल्ने छ। यस अन्तर्गत ४ (१२० दिन) महिना लगाएर नेपालि, गणित, स्वास्थ, अंग्रेजि, ब्यबसाहिक शिक्षा, र साधारण कम्प्युटर सिकाइने छ । जस मा १५ जना भोलिएन्टर को ब्यबस्था गरिने छ , जसले तयार पारिएको टिचिङ प्लान लाइ सहभागि सम्म मात्र पुर्याउने छैनन कि ऊनिहरु लाइ ब्यबसाय मा नलागुनजेल सम्मका लागि सहभागि सँग मिलेर काम गर्ने छन् ।

यसका लागि ८००० खर्च गरिने छ ।  यसका लागि ४ महिना समय हुने छ र ४ जना ले यसलाइ पढाउने छन् ।  जसमा पढाउने लाइ रकम न्यन्तम दिइने छ र प्रशंसा पत्र को ब्यबस्था पनि गरिने छ गाँउले को तर्फ बाट। यस मा  घरको भाडा का लागि २००० र इन्टरनेट, कागज पत्र र बजुलि का लागि १६०० खर्च गरिनेछ । प्रशंसा पत्र,खेल खेलाउन र अन्य कार्यक्रम का लागि ४०० खर्च गरिने छ। यस का लागि आवस्यक पर्ने भिडियो, सिडि, किताव हरु का लागि १००० खर्च गरिने छ। कार्यक्रम को अन्त मा सहभागि, समाजसेबि, शिक्षक लाइ पुरस्कार को ब्यबस्था का लागि ५०० खर्च गरिने छ र रु २५०० शिक्षक लाइ उपलब्ध गराइने छ। यसका लागि हरेक साँझ दुइ घण्टा हुनेछ र दिउसो पढन चाहाने को लागि दिउसो लाइब्रेरि को ब्यबस्था का साथै बिशेष शिक्षक (प्रसनल टिचर) को ब्यबस्था गरिने छ जसले सहभागिले नजानेको कुरा बुझ्नलाइ सहभागि लाइ सहयो गर्ने छ भने लाइब्रेरि मा त्यस सम्बन्धि बढि भन्दा बढि कुरा देखाउने र बुझाउने प्रयास गरिने छ।

१.       नेपालि भाषा  (२१ दिन)

- हेरक सहभागि लाइ नेपालि शव्द, वाक्य बनाउन सिकाइने छ। यसमा धेरै भन्दा धेरै रुपमा सहभागिहरुलाइ भाग लिन लगाइने छ, जसले गर्दा उनिहरुले छिट्टो सिक्नेछन।

- हरेक सहभागिले बाक्य बनाउन सिके पछि उनिहरु लाइ धेरै भन्दा धेरै लेख्न लगाइने छ , जसले उनिहरु को लेख्ने सिपको बिकास हुन जानेछ ।

-  हरेक सहभागि लाइ लामा लामा बाक्य लेख्न लगाइने छ, जसले गर्दा उनिहरुले आफुले चाहेको कुरा लेख्ना सक्नेछन ।

-  हरेक सहभागि लाइ चिठ्ठि, निवन्ध लेख्न लगाइने छ, जुन यस कोर्ष को समाप्ति हुने छ।

-  हरेक दिन आउने प्रतिफल र सहभागि को नाम रेक्रड गरिनेछ, त्यसलाइ सुक्ष्म तरिका ले अध्यन गरिने छ र त्यहि आधार मा ऊनिहरु सम्म पुग्ने प्रयास गरिने छ ।

Read Full Discussion Thread for this article