Posted by: dipika02 August 5, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        
भाग ५.....

त्यो दिन निरनको मनमा चलेको आँधी त थामियो तर सपनाको मनमा भने केही उदासिहरुले बास लिन थाल्यो। दिनभर घरमा एक्लै हुन्थी सपना। फुर्सद नै फुर्सद हुन्थ्यो र जती फुर्सद भयो उती दिमागले सोच्ने मौका पाउथ्यो। उस्लाई आफ्नो सम्बन्ध प्रती डर लाग्न थाल्यो। उ आँफैलाई प्रश्न गर्न थाली "के मैले जिन्दगी भर अब आफ्नो इच्छाहरुलाई दबाएर राख्नु पर्छ?", "कतै यो सम्बन्धमा गाँसिन मैले हतार गरेकी त होइन?" , "निरन कतै म सँग अषन्तुस्ट त छैन ?" यस्ता यस्ता प्रश्नहरुले सपनाको मन खन्न थाल्यो। जती प्रश्न उठायो ति प्रश्नहरुले थप प्रश्नहरु उठाउथे। तर जवाफ पाउदिनथी। मन झन बिथोलिन थालथ्यो अनी निरनलाई फोन गर्थी। निरनको स्वर सुने पछी अघी देखी मनको सागरमा उर्लेका छालहरु आँफै बिस्तारै किनारा लाग्थे र साम्य हुन्थे। फोन राखेपछी निरनलाई सम्झिन्थी। उस्को थकित अनुहार र दिनभरीको काम सम्झेर  आफ्नो मनमा अघी उठाएका तरङहरु प्रती आँफै पछुतो गर्थी।
 
निरनले काममा भित्र भित्रै अली अली हल्ला सुनिसकेको थियो अब उस्को बिभागबाट पाँच जना निकालिदै छन भनेर। यदी त्यो सत्य भयो भने उ पनि त्यस्मा पर्ने निस्चित नै थ्यो। काम निस्किन साथ उस्को र सपनाको status जोखिममा पर्थ्यो।  काम गएपछी घरको mortgage, गाडी को payment अरु घरका सामान्य खर्च, सपनाको पढाई यी सबकुरा सम्झेर झन दिमागमा तहल्का मचाउन थालथ्यो। उस्लाई थाहा थियो समस्या को समाधान चिन्ता गरेर होइन  हल गर्ने उपायहरु सोचेर गरिन्छ। उ अरु ठाँउमा पनि काम खोज्दै थियो। सपनालाई भनेर मात्रै न त्यो समस्याको समाधान हुन्थ्यो न त उस्ले कुनै हल नै पत्ता लगाउन सक्थी। फेरी उस्लाई ति कुराहरुमा धेरै ज्ञान पनि थिएन। त्यसैले निरनले सपनालाई केही भन्दैनथ्यो। आफुनै समाधानका हलहरु खोजिराथ्यो।  
 
निरन आजकल घर आएपछी ड्रिन्क अलिक बढी गर्ने भएको थ्यो र  टि. भि. का च्यानल हरु बाटार्दै बस्थ्यो। सपना त्यही उस्को छेउमै हुन्थी, निरन एकसुरमा हुन्थ्यो। सपना निरनको छेउमै भएर पनि कहिले काँही निरन भन्दा कयौँ कोश टाढा पाउथी। ति कुराहरुले सपनाको मनलाई धमिरो ले भित्र भित्रै काठलाई खोक्रो बनाएझैं खोक्रो बनाइराथ्यो। त्यो क्रम झन दिन प्रती दिन बढीरहेको थ्यो।   
 
सधैं झै आज पनि निरन घरभित्र छिर्यो। सपनाले अधरमा मुस्कान फिजाएर ढोका खोली। निरन थकित देखिन्थ्यो। भित्र छिरेर सोफामा थचक्क बस्यो।
 
"खाना खाने होइन निरन?"--- निरनको थकित अनुहारमा हेर्दै सपनाले सोधी।
 
"म अहिले खान्न तिमी खाउ"---लुगा फेर्न माथि कोठातिर लाग्दै निरनले जवाफ दियो।
 
"मैले एक्लै कहिले खाएको छु र निरन?"--रुखो स्वरमा सपनाले भनी। उ एक्लै कहिले खाँदैनथी। बरु निरनलाई कुरेर बस्दा कती चोटि सोफामै निदाउथी र निरनले उठाएर खुवाउथ्यो तर निरनले नखाए सम्म उ पनि खाँदैनथी। निरनलाई त्यो थाहा हुँदा हुँदै पनि एक्लै खाउ भनेको सपनालाई मन परेको थिएन।
 
सपना पकाएको भाँडाहरु माझ्दै थीइ। मनमा बिस्तारै निरनको भनाइले उस्को मनमा उठेका लहरहरु रिसाउन खोज्दै थिए र उ त्यो थम्थम्याउने प्रयत्न गर्दै थीई।
 
निरन तल आयो र एक पेग ड्रिन्क बनायो।
 
"निरन तिमी आजकाल एकदम बढी पिउने भएको छौ, त्यो राम्रो होइन"---सपनाको स्वरमा नैराश्यता मिसिएको प्रस्ट सुनिन्थ्यो।
 
निरन केही बोलेन। चुपचाप ड्रिन्क बनायो र त्यो लिएर सोफामा गएर बस्यो र  टि भि खोल्यो। निरनको मौनता ले झन सपनालाई भित्र भित्रै पोलिराथ्यो। निरनको मनमा धेरै कुराहरु खेलिराथे शायद त्यसैले एउटै च्यानलमा पाँच सेकेन्ड भन्दा बढी अडिन सकेको थिएन। सपनाको मनमा उर्लेका लहरहरु छालमा परीणत हुन खोज्दै थिए  सधैं झैं किनारा सम्म पुराउने प्रयास गर्दै तल माथि गर्दै थीइ सपना। निरन आफ्नै सुरमा अर्को पेग बनायो र त्यो पछी फेरी अर्को। निरनलाई अब चाइ रोक्छु भनेर सपना तल ओर्लदै थीइ, निरनको सेल बज्यो। निरन अङ्रेजिमा कुरा गर्न थाल्यो। सपना निरनको नजिकै गएर बसी। निरनले दस मिनेट जती कुरा गर्‍यो र फोन राख्यो।
 
"कस्ले गरेको फोन?"---सपनाले सोधी।
 
"लिया"--- निरनले सपनालाई पनि नहेरी उत्तर दियो।
 
सपना छाङ्गाबाट खसे झै भई। उस्को मनभित्र नराम्रो भुँइचालो आयो।
 
लिया अमेरिकन थीइ। निरनको भुतपुर्ब प्रेमिका। दुई बर्ष जस्तो दुबै जना सँगै बसेका थिए। लियाको घर परिवारलाई निरनको बारेमा थाहा थियो तर निरनको घर परिवारलाई थाहा थिएन। भनेकै भएपनी बाबा र मामुलाई राम्रो लाग्ने थिएन त्यसैले भनेन। लियालाई त्यो कुरा चित्त बुझेको थिएन। निरनको बाबा र मामु उस्लाई भेट्न अमेरिका आउँदा पनि उस्ले लियालाई बाबा मामु सँग भेटाउन सकेन। लियाको मनमा त्यो कुराले नराम्रो छाप छोड्यो र उनिहरुको सम्बन्ध टुक्रिदै गयो र अन्त्य भयो।  पछी लिया अर्कै शहरमा सरेर गई। गएपछी पनि निरनलाई बेला बेला मा फोन गर्थी। अब उनिहरु राम्रो साथी भएका थिए। लिया सरेर गएपछी निरनले उस्लाई कहिले भेटेन। फोनमा कुरा हुन्थ्यो। लिया अब दुई छोरीकी आमा भईसकेकी थीइ र आफ्नो दुनियाँमा खुशी थीइ। लिया सरेर गएको पनि झन्डै चार बर्ष भईसकेको थियो। उस्ले निरनलाई सधैं राम्रो साथी को रूप मा लिएकी थीइ र निरनले पनि लियालाई त्यही नजरले हेर्थ्यो।  
 
निरनलाई  सपना प्रती को आफ्नो कर्तब्य र जिम्मेबारी राम्ररी थाहा थियो। उस्लाई विश्वाश थियो उ त्यो कर्तब्य निभाउन चुक्दैन भनेर। उस्को आफ्नो मनले  खिचेको हद र सिमा को रेखा उ कहिले नाग्दैन थ्यो। त्यो कसैको कर ले होइन उस्को आफ्नो रहर खिचेको रेखा थियो। उस्ले सपना सँग विश्वाशघात कहिले गर्दैनथ्यो।  आफ्नो जिम्मेबारी प्रती उ उत्तरदायी थियो।  उ आदर्श पुरुष नभएपनी एक असल पती थ्यो। विवाह को बन्धनलाई उस्ले इज्जत गर्थ्यो र लिया को कुरा उसैले भनेको थियो सपनालाई। तर सपना आबेसमा आएकी थीइ र निरनलाई दोषिनै ठानिरही। सपनाले लियालाई निरनको साथी होइन उस्को कुनै समयको प्रेमिका को रूपमा हेरी। मनमा लहरहरु त उठेकै थिए अब रिशालु छाल बनेर झन उर्लिन थाले।
 
"श्रिमती अगाडि हुँदा हुँदै पनि तिमी कसरी आफ्नो प्रेमिका सँग कुरा गर्न सक्यौ निरन? "--- सपना पहिलो चोटि यती रिसाएकी थीइ निरन सँग र यती कडा भएर कुरा गरेकी थीइ।  
 
"लिया मेरो साथी मात्रै हो सपना प्रेमिका होइन र कुरा नबुझिकन आरोप लगाएको मलाई राम्रो लाग्दैन"--- निरनको स्वर सानै थ्यो।
 
"दुई बर्ष सँगै बसेर, एउटै खाटमा सुतेर र दुनियाँलाई मेरो प्रेमिका भनेर चिनाएको मान्छे अहिले आएर केबल साथी मात्र कसरी हुन सक्छ तिमी नै बुझाउन त निरन मलाई"-- सपनाको आँखाबाट क्रोध को भल बग्न थाल्यो। 

"त्यो पुरानो कुरा हो। त्यो बेलामा उ मेरो प्रेमिका थीइ। अब होइन"---निरन सपनालाई बुझाउने प्रयास गर्दै थ्यो।
 
"अब होइन भने किन तिमी उ सँग कुरा गरिराछौ? तिमी एउटा विवाहित पुरुष हौ निरन"----आशु झार्दै कामेको स्वरमा सपनाले भनी।
 
"म विवाहित पुरुष हो भनेर तिमीले सिकाउनु पर्दैन सपना। मैले पतिको कुन कर्तब्य पुरा गरेको छैन त्यो भन। तिम्रो कुन इच्छा पुरा गरिदिएको छैन त्यो भन" ---अब निरनको पनि आवाज अली तिब्र भयो।
 
"मलाई भौतिक कुराहरुले खुशी बनाउनु पर्दैन। म तिम्रो श्रीमती हुँ। म चाहन्न तिमी आफ्नो पुराना प्रेमिकाहरु सँग कुरा गरेको। म त्यो सहन सक्दिन"---सपनाले सोची आज उ चुपचाप बसी भने जिन्दगी भर त्यो कुरामा सम्झौता गर्नु पर्छ। सपनाको स्वर झन ठुलो भयो।
 
"के अब तिमी मेरो श्रीमती भयौ भन्दैमा म सबै नाताहरु टुटाउदै जाँउ? कसैलाई पनि साथी नै नबनाँउ? मलाई त्यसरी हुकुम दिएको मन पर्दैन सपना"---निरन बिस्तारै आबेगमा आउन थाल्यो।
 
"मैले हुकुम दिएकी होइन, अनुरोध गरेकी हो निरन"---सपनाले आफ्नो आवाजलाई नियन्त्रणमा राख्न सकेकी थीइन।
 
"मलाई बिना कारण स्वर ठुलो गरेको मन पर्दैन। कि तिमी चुप लाग कि नभए मेरो अगाडि नै न आउ"---निरन सके सम्म स्थिती सम्हाल्ने कोशीश गर्दै थ्यो।
 
"किन म अगाडि न आउने? यदी त्यो केटी तिम्रो साथी मात्रै हो भने त्यो कसरी तिम्रो श्रीमती भन्दा प्यारो भई जस्को लागि तिमी आफ्नो श्रीमती सँग झगडा गरिराछौ"--- सपना झन झन आबेसमा आइराथी।
 
निरन हत्तपत्त रिसाउदैन थ्यो तर उस्को रिस कडा थ्यो। उस्को शहनशक्ती  टुट्यो भने त्यहाँ अनर्थ हुन सक्थ्यो। निरन जुरुक्क उठ्यो र गाडीको साँचो लिएर बाहिर निस्किन लाग्यो।
 
"कहाँ जान लागेको तिमी अहिले। श्रीमतीलाई जवाफ दिन नसक्ने कस्तो नामर्द तिमी"--- सपनाले निरनलाई तान्दै बाहिर जान बाट रोक्दै थीइ।
 
नामर्द शब्दले अघी देखी रोकिरहेको क्रोधलाई अरु रोक्न सकेन निरनले। उस्को शहनशक्ती टुट्यो र सपनालाई एक झापड दिएर सोफा भएनेर हुत्याइदियो र ढ्याम्म ढोका तानेर बाहिर निस्क्यो। 

क्रमश:

Last edited: 05-Aug-08 11:18 AM
Read Full Discussion Thread for this article