Posted by: chipledhunga August 5, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
घरैबाट मंगलबारे जदौ। कफी खाँदै थिएँ, बिष्टेले ल्याएको चिया र लड्डु पनि खान पर्छ त्यसपछी। आँधी एडुवार्दोको कारण हिंजो दुई बजे नै साहूले बिदा दियो। आज पनि छुट्टी। मेरो अफिस बाढी आउने ठाउँ (flood zone)मा पर्ने भएकोले बन्द गरेको रे। संयोगबस त्यो ठाउँ Astrodome (जहाँ २००५ मा कट्रिना पींडितहरुलाई राखिएको थियो)को छेवैमा पर्छ। दिउसोबाट बेस्सरी हुरी चल्ने अनुमान छ। बिहान ७ बजेतिर देखि सिमसिम पानी परिरहेको छ। बिद्युत अवरुद्ध हुने सम्भावना छ रे। हिंजै संकटकालीन सरसामानको केही बन्दोबस्त गरेको त छु, आशा छ तीनको उपयोग गर्न नपरोस। मिलेदेखि हाजिर गर्दै गरम्ला। आँधीको प्रभाव क्षेत्रमा कोही गाम्लेहरु हुनुहुन्छ भने सतर्कता अपनाउनु होला।                       
Read Full Discussion Thread for this article