Posted by: Rahuldai August 4, 2008
देब देबी अनि मन्दिरहरु !!
Login in to Rate this Post:     0       ?        

देब देबी अनि मन्दिरहरु

 बिष पिलाएर,भट्टी चलाएर पनि
गुहेश्वरिमा लाखबत्ती बालेकै छन्
कुरान छोएर कसम खाएर पनि,
 आँगनमा पुराण हालेकै छन् 

मलद्वारमा  लुकाइ ल्याएको सुनले पनि
मठ मन्दिरको  द्वार सजाएकै छन्
कमिशन को केही कमिशन दिने मिशनमा
 एका बिहानै  बंगलामुखि धाएकै छन।

तै पनि महांकाल जागेन,
मात्र जता ततै काल जाग्यो।
तैपनी शंकटामाइ जागिनन
मात्र जता ततै शंकट आइ लाग्यो।


मनकामनाले मन को कामना पुरा गरी दिन्छन रे
माग्नेले शान्ती मागेनन
माटो र बाटो मागेनन
भचा खुशीमा  भगवतिलाई साक्षी राखेर
अझै निर्दोषहरु काटिदै छन,
पापी भाकलहरु साटिदैछन।

चुपचाप् छन नर देबी,
हजारौं नेपाली नर नारी हरु
बली चढाइ सके
भयो पुग्यो भनेकी छैनन,
अझै देशको गती
जनताको दुर्गती
उस्ता उस्तै छ।
तेत्तिस कोटी देब देबी को देश
अहिले सैतानहरुको देश भएको छ,
आफ्नै देश पनि परदेश भएको छ।


 

 


Read Full Discussion Thread for this article