Posted by: Birkhe_Maila August 4, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

सबैलाई फेरि जदौ!

 

हे महर्षी गालव! हे ज्ञानकुन्ज गालव! हे पण्डित गालव! तपाइँका चरणकमल यस चौतारी भूमीमा नपरेको पनि एक युग बितिसकेछ। कयौँ मनोरम् पुराणवाचन तथा कथावाचनबाट आल्हादित हुने, श्री स्वस्थानी परमेश्वरीको कथा श्रवणबाट कृत कृत हुने हामि चौतारीग्रामबासीहरुमा यहाँको आजको पावन दिनमा भएको आगमनले सम्पूर्ण चौतारीग्राम नै रमणिय बनेको छ! हे परमगुरु! यहाँको तीर्थयात्राको अन्तरालमा म बृद्ध बालकले चौतारीग्रामको कथा कथेको थिएँ, स्वही कथामा तपाइँ महर्षी गालवलाई भेष बदलेर जसरी द्वापरयूगमा श्रीकृष्णजीले द्रौपदीको चीरहरणमा चीर प्रदान गरेर रक्षा गरेका थिए, त्यसैगरि महर्षी गालब तपाइँले गालेको भेषमा अति बृद्ध, अति आशक्त तथा अति बिखन्डित बिस्टेमुनीमाथि गंगाको घोर क्रोधबाट रक्षा गरिदिनुभएको थियो। यिनी बालिके दीपीका तिनै चौतारी पुराणको दोभाने काण्डको बारेमा उनको मुखारवीन्दबाट वर्णन गर्दै थिइन्।

ईती श्री बिर्खे सुचनापुराणे

प्रातकालिन् व्यस्तता  कार्यालय कार्य चोरी अध्याय

 

Read Full Discussion Thread for this article