Posted by: sonoma August 3, 2008
प्रशान्‍त तामाङ नेपालीको गौरव कि सोनीको लैनो गाई ?
Login in to Rate this Post:     0       ?        

this is not back biting, actually it is front biting ......hahahaha........

read this first and reply comments ZIYO

प्रशान्तलाई सोनी टेलिभिजनको लैनो गाई भनिदिँदा कसैलाई मर्का पनि पर्ला, कसैलाई रिस पनि उठ्ला। तर, तर्कले ठाउँ पाउने र विवेकको अर्थ हुने हो भने जतिसुकै अप्रिय भए पनि सत्य त सत्य नै हुन्छ नि! तपाईं आफै भन्नुहोस्, प्रशान्तबाट आखिर हामीले के पायौं त, गरिब नेपाल र नेपालीको करोडौं रुपैयाँ ओसार्ने भरियाबाहेक उनी के भए? उनले गाउने लोकप्रिय हिन्दी गीतबाट हामीले कुन संगीत र संस्कृतिको पक्षपोषण भएको पायौं? के हामीले यी प्रश्नहरुको उत्तर खोज्ने बेला होइन यो? जब यथार्थ यो हो भने हामी किन प्रशान्तको कात्तिके विवाहको जन्ती गएर हुँदो नहुँदो नेपाली पूँजी सोनी टेलिभिनको खातामा जम्मा गरिरहेका छौं? 

 

 प्रशान्तलाई उसको हैसियतमा छोडिदिनुहोस्, एउटा नेपाली मूलको युवा भारतका सयौं टीभीमध्ये एउटा टीभीले सञ्चालन गरेको कार्यक्रममार्फत् इन्डियन आइडल बने, त्यसमा नेपालीको पनि योगदान रह्यो। बस यति। योभन्दा बढी उनलाई नेपाली पैसा ओसार्ने भारतीय भरिया या सोनी टेलिभिजनको लैनो गाई भने नबनाउनुहोस्। थाहा छ, तपाईंलाई विपन्न अवस्थामा रहेको हाम्रो देशको त्यो पैसा राष्ट्रिय महत्त्वको दृष्टिले कति मूल्यवान् छ ?

Read Full Discussion Thread for this article