Posted by: Birkhe_Maila August 1, 2008
Lets know each other
Login in to Rate this Post:     0       ?        

1. NAME: बिर्खे माइला


2. REAL NAME, AT LEAST LAST NAME – नाम बिर्ख बहादुर बोगटी, बोगटी गाउँ, बिराटनगर..ए ठेगाना सोधेको रहेनछ।


3.SEX -  पुलिंग नि , यस्तो कुरा नि सोध्ने हो

4. U REMEMBER WHEN U LEFT NEPAL? – पल्लाघरको तिल्के गोरु मरेको बर्ख बा,  उहिले नै हो।


5. WHEN WAS THE LAST TIME U WERE IN NEPAL- भुन्टीको ब्या भा' बर्ख, मेरि बास्सै कति रमैलो भा' थो नि। हाम्रा घरबाट ठाडै उकालो हिनेपछि....आच्या अर्को उत्तर पो दिनु छ त, कताबाट भुन्टी सम्झाइदेर' बेकारमा मन नै कुटुक्क भयो।  


6. WHERE RU n RU HAPPY HERE – अब यो उमेरमा, जता बसे नि उस्तै रेछ, अब रमैलो र शान्ती त उहि हो खुस्केर माथि पुएसि मात्रै होला जस्तो छ नारन् जिन्तखिले दिनु दुख दिओ।

7. WHAT DID U EAT TODAY- खाको त  उइलेइ ब्यान हो नि, अइले फेरि आन्द्रा बटारिन थालि सको, तमाखु खान नपा' नि जुग भओ, आफूलाई गुलियो मन पर्ने गुलियो खाँदा खाँदा झिँगा असत्तिहरु गुलियो छोडेर मेरै मुखमा उड्न थालेसि डाउडरलाई देखाको सुगर भयो बाजे गुलियो नखानुस भन्देखुन गुलियो खा छैन। भनेसि आज के के खआइयो भन्दा, एक थाल भात, एक कचौरा मासको दालको झोल, दुइ त्यान्द्रो साग, एउटा हरियो खुर्सानि, दुइ अम्खोरा पानी। बरु गैँडा चुरोट छ बाबुसंग? छ भने देउन मा एउटा धर्म हुन्छ, नाइटै देखि तलतल लाएर आयो के गर्नु।


8. WHICH SONG UR LISTENING NOW - साइँली र माइली पोइला गएछन् भन्ने गित सुन्न पाए हुन्तो, अइले त के सुन्नु नि भोकले आफ्नै कान टुँSSSSSS गरिराछ।

9. WHEN WAS THE LAST TIME U CRIED--- यो उमेरमा आँखा भिज्न रुनै पर्दैन बाबै, तेसै रसिलो

10. WILL U EVER B BACK TO NEPAL, FOREVER--- खै जाने भन्या त हो, अब भन्या बेला सम्ममा खुस्किएन भने गइन्छ।


11. WHAT U MISS MOST---- मैलो जर्किनको तिनपाने र नुन खुर्सानिमा चोपेर चपाएको काँक्रो र मुला, हाम्रै गाउँको लुंगि लाउने भट्टिवाल्निलाई हेर्दै खाएको याद आउँछ के गर्नु।


12. DO U THINK U WILL SPEND UR LIFE WITH THE PERSON U ARE DATING NOW – के को डेटिङ नि उइलेइ ब्या गरेर खाल्डोमा जाकिइ सकियो नि, बाँकि जिन्तखी बिताउने रे? जिन्तखि नै घटेर कम कम हुँदैछ यइ पिरलोले ,बित्छ नि मजाले बित्छ, छिटै बित्छ! कुरा सोध्या नि रिसले कन्चट तात्ने भन्या

13. WHAT IS UR MOBILE SET –  मेरो पनि साइँसुइँ नै हो

14. CAN I VE UR NO—  लौ न बाबु लम्बर लैजाउ, को संअ बोलम को संअ बोलम हुन्छ,- तिन पाँच सात शुन्य शुन्य शुन्य चार सात नौ चार चार। फुन गर है बाबु? नानिहरुले नि गरे हुन्थ्यो बात त मिठै मार्थेम हाम्पनि।


15. HOW MANY TIMES U LOG ON SAJHA IN A DAY---- अब आफ्नो बोल्ने, हेर्ने, सुन्ने ठाम भनेको नै एइ हो, अन्त कता जानु? खै बा गनेर सकिन्न।


16. WERE WAS UR LAST HOLIDAY--- तीर्थ नगा' नि एक युग भैसको, अब जानु पर्ला चारधाम

17. YOUR DREAM HOLIDAY--- बृन्दावन

19. IF U VE TO CHANGE UR NICK IN SAJHA------कलकत्ते माइलो 

20. WHAT IS THE COLOUR OF UR UNDERWEAR---दुइ हप्ता पइला न्वाएर लाउँदा त सेतो सेतो थो, अइले कस्तो भो कुन्नि।


18. WHO IS THE SMARTEST DUDE IN SAJHA –  हाम्रो झिल्के

21. DO UVE ANY DREAM – छ नि किन नहुनु, बुढाको चाइँ सपना हुँदैन र? अस्ति भेडिओमा देख्या एउटि नानिलाई रोदिघरमा गित गाएर फकाउने, सारै पोटिली थि मोरी!

22. FINALLY – तन बुढो हुँदैजाला सबैको मन तरुनै राख्नु, मन चंगा है तो लोटेमे गंगा है!

Last edited: 01-Aug-08 04:32 PM
Read Full Discussion Thread for this article