Posted by: dipika02 August 1, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        
लुते, खुशी लाग्यो तिमीलाई यो धागोमा देख्दा। तिम्रो औरेजिमा भन्छन नि "व्हाट अ प्लेजेन्ट सर्प्राइज" हो त्यस्तै भयो :D धन्यबाद! आफ्नो प्रतिकृया जनाएकोमा :D  नेपाली बुझ्न त बुझ्छौ नि है?  बुझेनौ भने भन है म औरेजिमा उल्था गरिदिन्छु :P
 
यो कथा मैले सम्बन्धलाई सतह बाट हेर्दा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जे देखिन्छ र बुझिन्छ त्यस्को भरमा लेखेकी हुँ। यि कुराहरु मेरो भोगाइबाट टाढा भएको हुँदा कमी कम्जोरीहरु धेरै देखिन्छन होला। त्यो चै तिमीहरु जस्तो पाठकहरुले औलाइदेलाउ   भन्ने आशा राखेकी छु :D
 
"i have this feeling that you wrote the first two parts in haste (probably not sure what to write:P)" ---  :)
 
मैले सुरु गर्दा नै कथाको बिभाजन गरिसकेकी थिएँ। भाग १ केबल भूमिका मात्रै हो त्यसैले छोटो थियो। भाग २ सम्बन्धको परिचय। त्यसैले त्यो अली लामो थियो। भाग ३ सम्बन्धको परिचय र सुरुवात लाई जोड्ने भाग त्यसैले छोटो थियो र सम्बन्धको बारेमा खासै केही थिएन। भाग ४ सम्बन्धको सुरुवात हो। भाग ५ पनि त्यस्तै छ र भाग छ सम्बन्धको निस्कर्श। मैले लेख्दै जाँदा सोचेकी कुराहरु होइनन। मैले सोचेको कुराहरु लेख्दै गएकी हो र अन्त्य पनि जसरी सुरुमा सोचेकि थिए त्यसरी नै गर्छु। कथालाई अरु कुनै मोड दिन्न। भाग ४ कथाको मुटु हो र त्यो राम्रो लाग्यो भनेको सुन्दा आफु सफल भएको जस्तो लाग्यो ।  पुन: एकपटक धन्यवाद लुते, तिम्रो प्रतिकृया राम्रो लाग्यो :) 
 
लहरे धन्यवाद! किन त्यसरी बगाको मेरो कथालाई लौ न :O
लौ किन कन्फिउज हुने नि। धेरै कन्फिउज हुँदा दिमाग को फिउज उड्छ अनी देख्छौ ।  जुनसुकै सम्बन्धमा पनि उतार चडाब नै आएन भनेत त्यो सम्बन्ध देखावोटी हुन्छ साथी :) 
 
रिट्ठे धन्यवाद! लौन सबै एकैचोटी पढ्न बसेको। अर्को दुई हप्ता पछी बल्ल पढ्न पाउथ्यौ होला। हा हा हा जिस्केको मात्रै हो साथी। खुशी लाग्यो तिमीलाई देख्दा।
 
मामा धन्यवाद! नव जोडीहरुले चै मार्ने भए त्यसो भए भान्जिलाई।  काल्पनिक भन्दै हाम्रो कथा लेख्छौ भनेर :)  म अर्को भाग पनि छिट्टै टाँस्छु है।
Last edited: 01-Aug-08 10:28 AM
Read Full Discussion Thread for this article