Posted by: copycat July 30, 2008
Property rights in NEpal after becoming US citizen
Login in to Rate this Post:     0       ?        
मलाइ थाहा भए सम्म नेपालि नागरिकता नभएको मान्छे ले नेपालमा सम्पत्ति राख्न पाउँदैन । तर तपाईँले नेपालि नागरिकता त्यागेको कुरा जिल्ला कार्यालयलाइ थाहा हुँदैन किन भने कसैले पनि त्यहाँ सम्पर्क गरेको हुँदैन। यस्तो अवस्थामा तपाइँले पहलेकै तरिकाले काम काज गर्न सक्नु हुन्छ तर कसैले तपाइँले अरु नै देशको नागरिकता लिएको कुरा भनिदिन्छ भने तपाईँको सम्पत्ति स्वत: खारेज हुन्छ । कस्को जिम्मा मा जान्छ भन्ने चाहिँ मलाइ थाहा छैन।

पैत्रिक अँश नचाहिने कुरा जनाउन तपाईँले या त पहिले आफ्नो नाममा लिएर भाइहरुको नाममा नामसारि गर्न सक्नु हुन्छ - माथि भने जस्तै । वा तपाइँको लिखितम स्पष्टिकरणले काम गर्न सक्छ। यसमा पनि यदि तपाई जेठो पुत्र हो भने अझ सजिलो हुन्छ किन भने एक चोटि तपाईको भाइहरुको नाममा नामसारि गरिसकेको सम्पत्ति तपाईँले दावि गर्न पाउनु हुन्न तर दाजुको नाममा आएको पैत्रिक सम्पत्तिमा भाइले आफ्नो पैत्रिक अँश दावि गर्न पाउँछ।
Read Full Discussion Thread for this article