Posted by: Suyog July 29, 2008
हामी बिर गोर्खाली?
Login in to Rate this Post:     0       ?        

आशामा अढिएको देश

 

नेपाल आज आशै आशमा अढिएको भेटिन्छ।

यहाँ कसैले आफ्नो निर्णय लिन नसक्ने भेटे मैले। पढेलेखेका ले नै आज आफ्नो बारेमा निर्णय लिन सक्दैन्न। के शिक्षित ब्यक्तिले कुनै पनि बिषयमा निर्णय लिन र दिन सक्नु पर्ने होइन।

कि के हाम्रो देशको शिक्षानै त्यती कम्जोर छ, यदी छ भने त्यस्लाई हामीले किन दर्हो र तगडा बनाउन अघी सरेका छैनोउ? के यो आधुनिक समाजमा शिक्षानै सबै भन्दा ठुलो र महत्वपूर्ण चीज होइन?

 

यहाँ जागिर माग्न कती पया ठाउँमा ब्यक्ति धाउछन्, सबै ठाउँमा ब्यक्तिको शिक्षाको पत्र हेर्छन्र भन्छन "तपाइ जस्तो मान्छेको हामीलाई खाचो छ, हामी केही दिन पछी तपाईंलाई संपर्क गर्छौ।" यदी खाचो छ भने पछी संपर्क किन गर्नु, त्यही निर्णय किन लिन नसकेका?

त्यै पनि संपर्क कहिलै गर्दैन्न। त्यस जागिर खोज्ने ब्यक्तिलाई आशा देखाइ त्यतिकै दिनहु झुल्याइ दिन्छन। केही दिन पछी आँफै फेरी संपर्क गर्दा, "हुदैछ, हामी फलानो फलानो कुरा मिलाउदै छौ तपाईं प्रतिकक्षा गर्नुस्न, हामी तपाईंलाई संपर्क गरी हल्छोउनि।" भनी फेरी आश देखौछन। हुन्छ वा हुँदैन भन्ने निर्णय यहाँ कोहो दिन सक्दैनन। हुँदैन भनी दिये त त्यो ब्यक्ती चुप्चाप आफ्नो समय अर्को ठाउँमा खोज्न प्रयोग गर्थियो नि।

मलाई लाग्छ शायद देश पछाडि परेको कारण पनि एक यही हो। हाम्रा नेताहरु को बाचान पनि त्यस्तै छ, जनतालाई मिठो मिठो शब्द दिएर "ओहो हुन्छकी बा, यस्लेपो गर्छ कि बा" भन्ने पर्छन, तर तही मिठो शब्दलाई पलना गरेर वास्तवमा आफ्नो कुरा पुर्याएको चै कोही पनि छैनन्।

ना ना थरिका फलाना कारण ले र फलानका कारनले मैले गर्न सकिन भनी बाहाना गर्छन्। यदी आफुले भने झै गर्न नसके जनतालाई आशा देखाउनुनै किन? कि हामी लाई आशाको लड्डुनै स्वादिलो लाग्न थाल्यो?

कि हामी साचै अशिक्षित हौ जो आशामा बाँची रहेका छौ?

जसरी फलामले फलामलाई काट्छ, शिक्षितलाई आफु भन्दा शिक्षितले नै मुर्ख बनाउछ।

मलाई एक मित्रले भन्नु भयो:

"यो देशका शिक्षित सबै देश छोडि बिदेश गये अरे र बिदेशमा शान सँग घर बनाइ बिहानको पत्रीका पल्टाइ आफ्न श्रीमती सँग भन्छन अरे 'ये बुडी लौ हेर, देश त ति लौरो लीइ भैंसी धपाउने गोठाला, एस् एल सि फेल नेता हरुले खताम्मै पारी सके। हामी भा भये कस्तो बनाइ दिन्थियौम्।"

यो मलाई तितो सत्य लाग्यो।

मलाई मेरो बुवा आमा, तथा सबै नाता गोताले भन्नु हुन्थियो, शिक्षित मान्छे आफ्नै खुट्टामा उभिन्छ, त्यसैले पढेर आफ्नै खुट्टामा उभिन सिख।

मैले आज यो बुझेकी, आशा गर्नु अरुको भरोसामा बस्नु हो, तसर्थ आफ्नु खुट्टामा उभिनुको ठीक बिपरित।

हाम्रो देश किन आज अरु राष्ट्रको भरोषामा र कोही आई केही गर्देलाकी भन्ने आशामा बाँचि रहेको छ।

यहाँ समयको महत्वनै छैन, १२ बजे भेट्ने ब्यक्ती २ बजे भेतिन्छ, गाली गरे ' नेपाली टाईम' भन्छन। के हामी सबैको घडीको सुई एकै नासमा हिड्दैन कि कसो?

हिड्छ भने हामीले घडी लगाएको अर्थ के भयो त?

र त्यस माथि एक थोक भनेर अर्को थोक गर्नु, झुठो बोल्नु होइन?

जहाँ कोहिपनी आफ्नो एक दिनको योजना सही तरिकाले बनाउन सक्दैनन र बनाएको योजना अनुसार आँफै चल्न सक्दैनन त यो देशको बिकासको योजना कस्ले र कसरी बनाउने हो कोनि?

एक कान दुई कान मैदान (हल्लामा चलेको देश)

 

म एकदिन टेक्सिमा चडेर घर औदैथिए, बाटोमा खोइ केको जुलुस् थियो र ट्रफिक् जाममा फसे, म कच् कचे मान्छे,

ड्राइभर दाई सँग गफ गर्न थाले। ड्राइभर दैले यो जुलुसको बिसयमा मलाई भन्नु भयो:

"यो देशका जनता, भाई, स्याल जस्ता छन। पैला यो काठमाडौंमा जता तेतै स्याल कराउथियो, आज ई जनता कराउछन्।"

" किन र दाई, के को जुलुस हो यो?" भनेर सोधे मैले।

"स्यललाई कारण चाइदैन भाई, एुटा स्याल बीचमा आएर 'म जंगलको राजा हो कि होइन' भनेर बेस्सरी चिच्याउछ। र अरु उस्का स्याल साथी एक एक गर्दै 'हो, हो, हो' भन्दै सगै चिच्याउन सुरु गर्छन्, र एकै छिनमा त्यहाँ हुल दाङा हुन्छ। यो देशमा त्यस्तै हुन्छ सधैं।"

साचै नै यो देश हल्लामा नै चलेको छ जस्तो लाग्छ, कहिले काही। यहाँ कुनै पनि सही कार्य वा कर्वाही हुँदैन, हल्लाको स्रोत पत्ता नलगाइ हालैको भर्मा जो पनि काम र कार्वाही गर्छन्।

हल्लैको भर्मा यहाँ दंङा हुन्छ, कसैलाई केही बुझ्नु छैन, सही कुरा के हो पत्ता लगाउनु छैन, कर्वाही गर्नु छैन।

कुनै हल्ला चल्योकी, तोड फोड र टायर बाल सुरु भाई हाल्छ। के हाम्रा बुवा आमाले हामीलाई यही शिक्षा दिएका छन, कुरा वास्तवमा के हो नबुझी बाहिर जानु देशको सम्पत्तिको क्ष्ती पुर्‍याउनु, टायर बल्नु र अरु सर्ब साधारण जनताको स्वास्थ्य बिगारनु र पुरै बातावरण खराब गर्नु।

जुलुसमा भाग नलिने जनतालाई जबर्जस्ती भाग गराउन लगाउनु, नगरे टाउको फुटाइदिनु वा उस्को गाडी खोसेर जलाइदिनु।

हामि लाइ चित्त नबुझेको कुरामा के हामी सभ्य भएर सभ्यताका साथ नारा र जुलुस निकाल्न सक्दैनौ।

जुलुस निक्लेको बेलामा आफ्नै सुर्मा बाटो हिड्दै गरेको ब्यक्ती संगत हाम्रो असहमती त होइननी, त त्यस ब्यक्तिलाई दु:ख किन दिने?

 

Read Full Discussion Thread for this article