Posted by: Suyog July 29, 2008
हामी बिर गोर्खाली?
Login in to Rate this Post:     0       ?        

c?sF]e®df afRg' k5{ xft} gx'g]n]

एक दिन भोकै मर्नुपर्छ पोउरख  नहुनेले

म त आफ्नै पोरख खान्छु

म त हातका नङ्रा खियौछु,

नेपाली हुनाले, नेपाली भाईदिनाले।

 

यो अर्ती र उपदेश हामीले ६ कक्षाको किताबमा पड्छौ। हामीलाई सानै देखी यसरी आफ्नो खुट्टामा उभिन सिकाइएको थियो, त किन आज हामी सबै अरु राष्ट्रको भर्मा बाची रहेका छौ, र आफ्नै राष्ट्रमा नङ्रा खियौन नसकी बाहिर बिदेसिनु परेको छ?

हामीलाई यस्तै उपदेश धेरै सिकेका छौ तर यहाँ कोही पनि सानोमा सिकेको कुरा आफ्नो दैनिक जीवनमा लागु नभएको भेटिन्छन्।

जस्तेइ लक्ष्मी प्रशाद देवकोटाको कविता "फलेको ब्रिक्ष्यको हागो नझुकेको कहाँ छ र"

हो यो सार मा प्रश्न चिन्न भेटे मैले।

"फलेको ब्रिक्ष्यको हागो नझुकेको कहाँ छ र?"

यहाँ लाख र करोड को धाक दिन्छन चियाको पैसा तिर्नुस् भन्दा पैसा छैन भन्छन।

आफु अली माथिल्लो पदमा आएपची, तलका पद्का ब्यक्तिसँग बोल्ने सोहमत छैन। आफु भन्दा असक्क्षम ब्यक्तिलाई यहाँ धेरैले हेला गर्छन्।

 

हामी अर्कालाई अर्ती, उपदेश सल्हा दिन साह्रै चंख छौ, तर त्यही अरुलाई दिएको अर्ती, उपदेश सल्हा  आफुलेनै पालना गर्न चै कोही भेटिन। सबै जान अर्का माथि औंला ठद्यौन सक्ने तर आफ्नु गल्ती कोही नदेख्ने। आफ्नु गल्ती देखे पनि, अरुले देखेको छकी छैन यसो बुझ्ने, छैन भने आफ्नो गल्ती अर्काको थप्लोमा हल्दिने।

 

मेरो विचारमा, यदी हामी सबैले अफुलाइनै सुधारे, शायद हाम्रो देश अर्कै हुँन्थ्योकी? आखिरमा यो देश तपाईं हामीले नै भरिएको ने होइन र?

 

देश कनूनले बन्दछ

 

यती साधारण कुरा हाम्रो देशमा लाघु हुन सकेको छैन। हार्म्रो देशमा कनून भन्ने बस्तुनै छैन।

किन एक हावाल्दार्ले जब एक धनी बडाको छोरालाई, कानून तोडेको बेला रातो हात पकडिन्छ, त्यस धनी बडाको छोराले आफ्नो मोबाईल बाट यसो माथिल्लो पद्को ब्यक्तिलाई फोन घुमाइ दिंदा, त्यस माथिल्लो पद्को ब्यक्तिले हवल्दार्लाई गाली गरी समातेको ब्यक्तिलाई छोडिदिने हुकुम आउछ हवल्दार्ले हस साब भनी छोड्ने बाध्यता श्रीजना हुन्छ?

 

त्यो हवल्दार्ले बरु उल्टै त्यस माथिल्लो पदमा बसेको ब्यक्तिलाई समेत, कानूनको खेल्वाड गरेबापत कार्वाही गरे कसो होला? कानून भनेको त्यो हो मेरो विचारमा।

 

हो छन खराब मान्छे तलको तहमा पनि। तर जब घरका बाउ आमा नै बिग्रिएका छन भने छोरा छोरी सुध्रिने कमै सम्भावना हुन्छ।

 

कि के हामीले कानूनको पारीभासै बुझेका छैनोउ? यदी छौ भने किन यो  देशमा कानून धनी बडा लाई भन्दा बडी गरीब र कानूनका रक्षक लाई नत किन्न सक्ने, नत धम्काउन सक्ने वा मान्छे नचिनेका लाई मात्र लागु हुन्छ?

फरक छुट्यौनु कानून होइन, गैर कानून हो। यस् देशका गरीब सर्ब साधारण जनतालाई जस्तो कानून लाग्दछ, देशका धनी बडा तथा राजा लाई पनि सोही कानून लागु हुनु पर्छ, मेरो विचारमा।

 

यो मेरो विचारमा हरेक सर्ब साधारण जनताको शहमत , तर यस् बिषयमा आवाज उठाउने कोही छैनन, किन? देशको सानोतिनो बिषयमा जनता बहिर निस्कन्छ्न तोड्फोड गर्छन्, टायर बाल्छन् तर देशमा कनूनलाइ दर्हो तगडा बनाउन कोहो सडकमा उत्रेको देखिदैन।

 

जस्लाई सोधेपनी ’हो दाई, तर हामी सर्बसाधारण गरीब जनताले के गर्न सकछौ र’ वा ’हो तर कस्ले गर्ने?’

मेरो प्रश्नको उत्तर प्रश्नमा नै पौछु।

 

p u/ eGbF u" ug]{ b]z

 

xfd|f b]zsf hgtf ;sf{/ b]vL 8/fp5g\, जब वास्तवमा हुनु पर्ने उल्तो हो। सरकार जनता देखी डराउनु

पर्छ। तर यसो किन नभएको? के सरकार जनताको नोकर होइन, हाम्रै भलाइको लागि हामी गरीब जनताले तिनिहरुलाई त्यस उच्च पदमा रखेका होइनौ, किन तिनिहरु त्यस उच्च पदमा पुगेपची, जुन एक मातको महत्व चुनावमा हुन्छ, त्यही मातको आवाज पछी कसैले सुन्दैन यो देशमा . के नेपल्को प्रजातन्त्र भनेको यही हो, कि हामीलाई प्रजातन्त्रको पारीभासै थाहा छैन?

मैले बुझे सम्मयहाँ मान्छे अर्काको खुट्टामा टेक्छन, अनी के गरेको यो मेरो खुट्टामा किन टेकेको बन्दा, प्रजान्त्र आयो, मलाई जे गर्न मन लाग्यो त्यही गर्छु भन्छन।

मैले नेपालमा यस्तै प्रजातन्त्र देखे धेरै ठाउँमा ।

 

मलाई एक साथीले भन्थ्यो, देशका जनतालाई गोरु जोते झै जोतन दुई तरिका बाट सकिन्छ अर:

, जनतामा डर, त्रास भय फैलाउनु।

, जनतालाई अशिक्षित बनाइ रखानु।

 

मैले हाम्रो नेपालमा दुबै कुरा लागु भएको पाए। हामी बीर गोर्खाली आज कट्टुमा मुत्छौ उु गर भन्दा गु गर्छौ।

 

 

Last edited: 29-Jul-08 10:48 AM
Read Full Discussion Thread for this article