Posted by: nepaliface July 28, 2008
Gajal[farka chhitto]
Login in to Rate this Post:     0       ?        

गजल

भोकले अन्द्रा सुकेको छ गास बोकी फर्क छिटो,

निराशामा धेरै बाचेँ आसा बोकी फर्क छिटो,

रात दिनै भौतारिन्छु बस्ने कुनै ठाउँ छैन,

दुखिलाई ओत दिने बास बोकी फर्क छिटो,

निरासामा धेरै बाचे आसा बोकि फर्क छिटो,

थिचियर पिसियर बाँच्न गाह्रो हुने भयो,

अत्त्याचारको जरो मास्न जोस बोकी फर्क छिटो

बिकृती र बिसङ्गती आज सबको खेल भयो

हारखाएँ जिन्दगीमा शाहस बोकी फर्क छिटो,

निराशामा धेरै बाचेँ आशा बोकी फर्क छिटो,

असम्भबै असम्भब देख्न थालेँ जताजतै,

सम्भावना र सद्बभावको रास बोकी फर्क छिटो,

धेरै लाई भेटिसकेँ धेरैलाई बुझेँपनि,

मै हुँ भन्ने यही भेटिन्छन् शाहस बोकी फर्क छिटो,

निराशा मा धेरै बाचेँ आस बोकी फर्क छिटो,

बेसाहाराको चित्कर अब आकासमै बिलाउने भो,

शहरा को लौरी बनी मातृभूमी फर्क छिटो,

निरासाम धेरै बाचेँ आसा बोकि फर्क छिटो

-नन्दलाल गौतम नवीन, कतारबाट


Read Full Discussion Thread for this article