Posted by: politically novice July 27, 2008
INepali Literary Society Congratulates VP
Login in to Rate this Post:     0       ?        

Should Not INLS advocate for Nepali language than congratulate the VP ? Hindi is much more developed in language and literature.

 

INLS Congratulates First President, VP And Chairman Of CA Of Republic Of Nepal (07/26/08)


राष्ट्रपति, उपराष्ट्रपति तथा संविधान सभाका अध्यक्षलाई अनेसासको बधाई

http://www.inls.org/index.php?sect=announcements&nId=234

संघिय गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपतिमा डा। रामवरण यादव तथा उपराष्ट्रपतिमा परमानन्द झा र संविधान सभाको सभामुखमा सुवास नेम्वाङ निर्वाचित हुनु भएकोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास० को तर्फबाट अध्यक्ष डा। कुमार बस्नेतले एक विज्ञप्ती प्रकाशित गरी हार्दीक बधाई ज्ञापन गर्दै उहाँहरुको कार्यकालको सफलताको लागि शुभकामना ब्यक्त गर्नु भएको छ ।


ऐतिहासिक संविधान सभाको निर्वाचनबाट प्रथम पटक जनताका छोरा राष्ट्रपतिमा निर्वाचित भएको यो ऐतिहासिक घडिमा जनचाहाना अनुरुप जनताले आफ्नो संविधान आफै लेख्नेछन् । निर्वाधरुपमा नयाँ संविधान तोकिएको समयमै तयार होस् । त्यस संविधानले देशका विभिन्न जात-जातिका भाषाहरुको उचित रुपमा विकाश र विस्तार हुने अवसर निश्चित गरोस । ती भाषा तथा तिनको साहित्यको विकाशको लागि उहाँहरुबाट पूर्ण सहयोगको अपेक्षा गरिएको कुरा बक्तव्यमा उल्लेख छ ।


बक्तव्यमा नेपाली डायोस्पोराहरुले नेपाली भाषा साहित्यको प्रर्वद्धनको लागि गरेको कार्यलाई उहाँहरुको कार्यकालमा स्वदेशबाट पनि उत्तिकै सहयोग र प्रोत्साहन मिल्ने आशा ब्यक्त गरिएको छ ।

Read Full Discussion Thread for this article