'शपथकाण्ड’को अन्तरकथा
सुरेशकुमार यादव
काठमाडौं, १० साउन : मधेसी जनअधिकार फोरमका तर्फबाट उपराष्ट्रपति बनेका परमानन्द झाले पार्टीकै निर्देशनमा हिन्दी भाषामा शपथग्रहण गर्नुभएको खुलासा भएको छ ।
साउन ६ गते निर्वाचित उपराष्ट्रपति झालाई फोरमका अध्यक्ष उपेन्द्र यादवले 'तपाइाले हिन्दी भाषामा शपथ लिनुपर्छ
’ भन्दै ठाडो आदेश दिएको पार्टीका एक केन्द्रीय सदस्यले बताए । यादवको आदेशलाई स्वीकार्दै उपराष्ट्रपति झाले 'पार्टीको र उताको जो आदेश’ भन्नुभएको थियो । 'उताको’ भनेर उपराष्ट्रपतिले दक्षिणतिरको शक्तिलाई इंगित गरेको हुनसक्ने आँकलन फोरमभित्रै गरिएको छ ।फोरम स्रोतका अनुसार झालाई हिन्दी भाषामा शपथ लिन निर्देशन गर्दा अध्यक्ष यादवले 'तपाइाले हिन्दी भाषामा शपथ लिनु भएन भने जिताएको पनि खेर जान्छ र माथि मैले जवाफ दिनुपर्छ समेत,
’ भन्नुभएको थियो । 'उहाँले कसलाई जवाफ दिनुपर्छ भन्नुभएको हो त्यो भने खुलाउनुभएन,’ स्रोत भन्छ । यादवले संविधानसभा बैठकमा हिन्दीमै सम्बोधन गर्नुभएको थियो ।जानकार स्रोतहरू चाहिँ गणतन्त्र घोषणा भएको दिन संविधासभाको बैठकमा जुन शक्तिको दबाबमा भारतको शुभकामना पत्र पढिएको थियो, त्यही शक्तिको दबाबबाटै उपराष्ट्रपति झाले हिन्दीमा शपथग्रहण लिनुभएको बताउँछन् ।
उपराष्ट्रपति झाले हिन्दी भाषामा शपथ लिएका कारण पार्टीकै वरिष्ठ नेता विजयकुमार गच्छेदार असन्तुष्ट हुनुहुन्छ । 'त्यस विषयमा मलाई नसोध्नुस् । यो काम अध्यक्षले गर्नुभएको छ, उहाालाई सोध्नुस्, उहाा के भन्नुहुन्छ । म दुई/तीन दिनपछि बोल्छु,
’ गच्छेदारले भन्नुभयो । फोरमका नेता वीपी यादवले पनि पार्टीकै निर्देशनमा उपराष्ट्रपति झाले शपथ लिएको स्विकार्नुभयो । 'चर्चामा आउनका लागि समेत झाले यस्तो गरेको हुनसक्छ,’ उहाँको भनाइ थियो ।