Posted by: CT. July 26, 2008
माओबादि सरकारमा नजाने रे ?
Login in to Rate this Post:     0       ?        
पत्रकार:  ठूलो पार्टी रहेको माओवादी सरकार बाहिरै बस्दछु भन्दै छ। अब प्रधानमन्त्रीको लागि कसलाई मिलाएर लानुहुन्छ? 
प्रदीप नेपाल : मलाई पत्यार नै लाग्दैन। माओवादीले भनेको विश्वास नै छैन। उनीहरू सबै कुरा छाडेर सत्ता कब्जा गर्न आएका छन्। सत्ता बहिष्कार माओवादीले गर्दछन् भन्ने कुरा मलाई पत्यार नै लाग्दैन। जंगलबाट सत्ता कब्जा गर्दछौं भनेर १२/१५ वर्ष उनीहरू त्यता लागे। २०/२५ हजार मानिसहरू उनीहरू र राज्यद्वारा मारिए। अनाहकमा मान्छे मारिए। त्यो बाटो सफल भएन भन्दै शान्तिपूर्ण अवतरणमा आए। संसदमा गएर, संसदीय मूल्य मान्यता र परम्परा स्वीकार्दछौं भन्दै हिंडे। चुनाव भयो चुनाव पनि जिते। चुनावमा उनीहरूले अनेक कुराहरू बोले। चुनाव जितेपछि सत्ता कब्जा गरियो भन्ने ठाउँमा उनीहरू पुगे। तर सत्ता कब्जा गर्न सक्ने हैसियत त जनताले दिएका थिएनन्। सत्ता कब्जा गर्नै पर्दछ भनेर १२/१४ वर्ष लडेको त्यही सत्ताको लागि अनि उसले सत्ता नपाएसम्म त छाड्दै छाड्दैन नि। त्यसैले उसले अहिले बार्गेनिङ गर्दै प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, सञ्चार मन्त्री सबै चाहियो भन्न खोजिरहेको छ।
Read Full Discussion Thread for this article