Posted by: SurNaTal July 25, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

सम्पूर्ण चौतारी बासी हरुमा यो सुन्तले हार्दिक नमस्ते टक्र्यौछ।
बिजी भएर ब्यस्त हुनाले हिजो अस्ती आम्न पाइएन।
अनी सप्पै को के छ?

उता टासेको यो टुक्रा यहाँ पनि टास्नु परो।

शहरको कोलाहल सुन्य लाग्छ,
सगरमाथाको उचाइ नगन्य लाग्छ,
यत्रतत्र बस्तिहरु उजाड उजाड लाग्छ,
जिन्दगी तेसै तेसै वाक्क लाग्छ।

बेली चमेलिको वासना नमिठो लाग्छ,
कोइली को कुहु कुहु बेसुरे लाग्छ,
प्रेयसी को प्यार निरस लाग्छ,
जिन्दगी तेसै तेसै पट्यार लाग्छ।

बिपना मासुम सपना झैं लाग्छ,
यथार्थ कोमल कल्पना झैं लाग्छ,
विश्वाश किन किन बिकराल लाग्छ,
जिन्दगी तेसै तेसै बिवस लाग्छ।

सुन्दर महल पाटी झै लाग्छ,
मानिष आँफैमा हराए झैं लाग्छ,
संसार बेसुर बिचित्र लाग्छ। 
जिन्दगी तेसै तेसै थोत्रिए झैं लाग्छ।

Read Full Discussion Thread for this article