Posted by: Amazing July 23, 2008
बिचरा ज्ञानेन्द्र, कहिले घाम कहिले छांया, यस्तै हो जिन्दगी ..
Login in to Rate this Post:     0       ?        

राष्ट्रपति घोषणा हुँदा पूर्वराजाले बन्द गरे टेलिभिजन

ईश्वरराज ढकाल (काठमाडौं) गणतन्त्र नेपालको प्रथम राष्ट्रपति निर्वाचन प्रक्रियालाई सोमबार दिनभर टेलिभिजनमा हेरेका पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रपति घोषणा भएको भने हेरेनन्।

प्रथम राष्ट्रपति निर्वाचित भएको घोषणा गर्न संविधानसभा बैठक प्रारम्भ हुनासाथ पूर्वराजा ज्ञानेन्द्र टेलिभिजन बन्द गरेर टहलिन निस्किएको स्रोतले बताएको छ।

उनले राष्ट्रपति निवँचन हुनु केही समयअघि दरबारका चार सचिवसँग बसेर बैठक गरेका थिए। बैठकमा पशुपतिभक्त महर्जन, सागर तिमिल्सिना, मधुसूदन तिमिल्सिनालगायत थिए।

यसैबीच पर्ूवराजा ज्ञानेन्द्रले आज बुधबार परिवारका सदस्यको अनुपस्थितिमा तिथिका आधारमा आ�नो जन्मदिन मनाउने भएका छन्। छोरा-बुहारी सिंगापुर, पत्नी कोमल निर्मल निवास, आमा रत्न र हजुरआमा सरला नारायणहिटीमा भएकाले पूर्वराजा ज्ञानेन्द्र नागार्जुनको दरबारमा एक्लो जीवन बिताइरहेका छन्।
ँउनी दिउँसो कार्यालयका कर्मचारीहरूसँग केही समय सामान्य छलफलमा हुन्छन् भने अधिकांश समय पत्रपत्रिका पढ्न र टेलिभिजनमा विकसित राजनीतिक घटनाक्रम हेन व्यस्त रहन्छन्’ -स्रोतले भन्यो।

पूर्वराजा ज्ञानेन्द्रका लागि अहिले पत्नी कोमलको रेखदेखमा निर्मल निवासमै बनाइएको खाना पठाउने गरिएको छ। नागार्जुनमा चिसो लागेका कारण कोमल एकसातादेखि निर्मल निवासमै बस्दै आइरहेकी छन्।

जन्मदिनका दिन पारेर पूर्वराजा ज्ञानेन्द्रले ३६ जना ब्रा ह मणलाई पाठ गराउन बोलाएका छन्।


http://www.newsofnepal.com/detailnews.php?type=samachaar&cat=10&id=11960

Last edited: 23-Jul-08 08:01 AM
Read Full Discussion Thread for this article