Posted by: swopnilcheeta July 22, 2008
jaane bela bhayecha
Login in to Rate this Post:     0       ?        
मौन तर प्यारो
अप्रत्यासीत त्यो आकान्छ्याबीच
सपना गुटेका उपहार खोल्दै
प्रश्न थपीयेझई शून्य नज़र
सायेद कुनै अर्थको खोजीमा होला
एकटकले तीमीलाई हेर्दै थीए
तीमी जाने बेला भएछ

त्यो बेसहारा सामीप्यता
समयलाई लगाम कस्ने
लक्षय हूँदो हो
आफै सहारा खोजेर
हाँसो र आँशुको भेद खोज्दै थ्यो
हठात कल्पनामा तुसारापात
तीमी जाने बेला  भएछ

प्रश्न मेरै झोलीको पाहुना
गलत  तराजू या संबेदना ?
वोसीएका तीम्रा आँखा पारी
म हाम्रो खुशीको भूल देख्छु
सारा माया घोलेर
म भीखारी झैं हाँसो माग्न चाहन्थें
तीमी जाने बेला भएछ

यो पुलकीत आत्मीयेताको बीन्दू
आँशु पूर्व  या पश्चात् ?
आफू भीत्रका ज्वारभाटा चीच्याउदा छन
म तीम्रो मौनता सून्छु
छीतीज जल्नु पहीले
ओभानो हृदय छाड्न चाहन्थें
तीमी जाने बेला भएछ

Read Full Discussion Thread for this article