Posted by: Himalaya178 July 22, 2008
maoists MUST lead a new govt
Login in to Rate this Post:     0       ?        

Well.Maobadi will be back..They just want other 3 parties to knock on their door.

माओवादीको सचिवायलय बैठकले अहिलेको अवस्थामा सरकारमा नजाने तर तीन दलको राजनीतिक समिकरण भगं भइ नयां समिकरण बनेमा भने सरकारको नेतृत्व गर्ने निर्णय गरेको छ ।

but here is what he has to say (Jokes of the day)

प्रचण्ड : आफुहरुले अगाडि सारेको उम्मेदवार हारेर केही भएको छैन । रामराजा र शान्ता श्रेष्ठ हारेपनि माओवादीले लिएको मूल्य मान्यता र आदर्शले भने विजय प्राप्त गरेको छ । रष्ट्रपति तथा उपराष्ट्रपति पदमा माओवादीले जसरी भएपनि जित्न सक्दथ्यो तर हामीले त्यो संसदीय फोहोरी राजनीति गरेनौं

प्रचण्ड :एमालेका तर्फबाट राष्ट्रपतिमा माधवकुमार नेपाल र सत्ता बाँडफाँडमा अर्थ गृह र रक्षा मन्त्रालय मागिएकै कारणले सहमति बन्न नसकेको हो यस्तो माग आफ्नो पार्टीले पूरा गर्ननसक्ने भनेपछि दुई दलीय सहमति भङ्ग भएको हो । एमालेले राष्ट्रपति पदमा दुई स्थानबाट हारेका नेपालको विकल्प दिन सकेको भए सहमति बन्नसक्थ्यो ।
प्रतिकृया :बेलुका माधव नेपाल हुन्छ भनेर हिड्ने विहान चै रामराजा च्याप्ने अनी यसलाइ एमालेले धोका नभनेर के महानता भनुन त कमरेड

प्रचण्ड :नेपालको दैनिक राजनीतिमा विदेशी चलखेल भइरहेको छ । नयां दिल्लीबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन आफूहरुलाई सुझाव आएको थियो ।

प्रतिकृया :अब आएर यस्ता गफको केही काम छैन । यदी सुझाव आएको भए पहिला सार्वजनिक गरेको भए भइहाल्थ्यो नी ।

Source: Hamroblog

Read Full Discussion Thread for this article